Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

धुर्मुस–सुन्तलीलाई वैद्यको सलाम

\"baidya-ba\" काठमाडौं, १३ कात्तिक । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को कामको प्रशंशा गरेका छन् । धुर्मुस–सुन्तलीले बस्ती निर्माण गर्ने काम प्रशंसनीय भन्दै उनीहरुको कामले सरकारलाई ब्यङग्य गरेको वैद्यले बताए । भूकम्पपीडितका लागि सरकारले कुनै काम नगरिरहेका बेला कलाकार धुर्मुस–सुन्तलीले बस्ती निर्माण गर्ने कार्यले सरकारमाथि गतिलो व्यंग्य प्रहार भएको उनको भनाइ थियो । सिन्धुपाल्चोकको गिरान्चाैरमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको नमुना एकीकृत बस्ती शुक्रबार मात्रै स्थानीयलार्इ हस्तान्तरण गरिएको थियो । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ कथा संग्रहको शनिबार संवाद डबलीमा विमोचन गर्दै अध्यक्ष वैद्यले देशमा अहिले राष्ट्रिय स्वाधिनता र जनजीविका सवाल जटिल बन्दै गइरहेको उल्लेख गरे । परिवर्तनको आन्दोलनमा नेपाली साहित्यको महत्वपूर्ण भूमिका रहेको भन्दै वैद्यले परिवर्तनका लागि राजनीतिकर्मी र साहित्यिक–साँस्कृतिक फाँटमा कार्यरत सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । नेता गजुरेल र आफू करिब ३०/३१ सालदेखि सँगै राजनीतिमा क्रियाशील रहँदै आएको र त्यसबीचमा भारतीय जेलमा पनि एउटै समयमा बिताएको स्मरण गर्दै उनले भारतीय जेलमा रहँदा भोगेका पीडालाई गजुरेलले कलात्मक ढंगले कथामा संग्रहित गरेको बताए । नेपालका पञ्चायती कालका भन्दा पनि तल्लो स्तरका लोकतान्त्रिक देश भारतका जेलको स्मरण गर्दै उनले यसले लोकतन्त्रमाथि झनै घृणा पैदा गरेको बताए । उनले भने, ‘गजुरेल जी र म लगभग सँगसँगै जेलमा प¥यौं, उहाँ चेन्नईमा जेल पर्नुभयो, म पश्चिम बंगालमा जेलमा परे । हिरासतमा रहँदा त साह्रै कष्ट हुने अब जेलमा लैजाने भो भनेपछि त खुसी लाग्यो । एक त लोकतान्त्रिक देशको जेल त्यसमाथि पनि म त कम्युनिष्ट पार्टीको सरकार भएको ठाउँमा जेल परेकाले खुसी नै थिए, तर त्यहाँको अवस्था हेर्दा त बिचल्ली रहेछ ।’ पुस्तकका लेखक तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले नेपाली समाज रुपान्तरणका लागि सिर्जना आवश्यक रहेको र आफ्नो सिर्जनाले उद्देश्यको सेवा गर्छ कि गर्दैन भन्ने चिन्ता आफूमा रहेको बताए । उनले आफूले राजनीतिक काममा व्यस्त रहँदा रहँदै २५ दिनमा नै यो कथा संग्रहमा प्रकाशित १० वटा कथा तयार पारेको उल्लेख गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका कु्लपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्यको क्षेत्रमा लामो समय राजनीतिमा क्रियाशील रहेका र वैचारिक रुपमा पनि स्पष्ट नेताहरुको प्रवेश हुनु सुखद पक्ष भएको बताए । यसैगरी अखिल नेपाल जन साँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले गजुरेलका कथा साम्राज्यवादी र साँस्कृतिक साम्राज्यवादीमाथि प्रहार गर्न सफल रहेको टिप्पणी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending