Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

धुर्मुस–सुन्तलीलाई वैद्यको सलाम

\"baidya-ba\" काठमाडौं, १३ कात्तिक । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को कामको प्रशंशा गरेका छन् । धुर्मुस–सुन्तलीले बस्ती निर्माण गर्ने काम प्रशंसनीय भन्दै उनीहरुको कामले सरकारलाई ब्यङग्य गरेको वैद्यले बताए । भूकम्पपीडितका लागि सरकारले कुनै काम नगरिरहेका बेला कलाकार धुर्मुस–सुन्तलीले बस्ती निर्माण गर्ने कार्यले सरकारमाथि गतिलो व्यंग्य प्रहार भएको उनको भनाइ थियो । सिन्धुपाल्चोकको गिरान्चाैरमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको नमुना एकीकृत बस्ती शुक्रबार मात्रै स्थानीयलार्इ हस्तान्तरण गरिएको थियो । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ कथा संग्रहको शनिबार संवाद डबलीमा विमोचन गर्दै अध्यक्ष वैद्यले देशमा अहिले राष्ट्रिय स्वाधिनता र जनजीविका सवाल जटिल बन्दै गइरहेको उल्लेख गरे । परिवर्तनको आन्दोलनमा नेपाली साहित्यको महत्वपूर्ण भूमिका रहेको भन्दै वैद्यले परिवर्तनका लागि राजनीतिकर्मी र साहित्यिक–साँस्कृतिक फाँटमा कार्यरत सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । नेता गजुरेल र आफू करिब ३०/३१ सालदेखि सँगै राजनीतिमा क्रियाशील रहँदै आएको र त्यसबीचमा भारतीय जेलमा पनि एउटै समयमा बिताएको स्मरण गर्दै उनले भारतीय जेलमा रहँदा भोगेका पीडालाई गजुरेलले कलात्मक ढंगले कथामा संग्रहित गरेको बताए । नेपालका पञ्चायती कालका भन्दा पनि तल्लो स्तरका लोकतान्त्रिक देश भारतका जेलको स्मरण गर्दै उनले यसले लोकतन्त्रमाथि झनै घृणा पैदा गरेको बताए । उनले भने, ‘गजुरेल जी र म लगभग सँगसँगै जेलमा प¥यौं, उहाँ चेन्नईमा जेल पर्नुभयो, म पश्चिम बंगालमा जेलमा परे । हिरासतमा रहँदा त साह्रै कष्ट हुने अब जेलमा लैजाने भो भनेपछि त खुसी लाग्यो । एक त लोकतान्त्रिक देशको जेल त्यसमाथि पनि म त कम्युनिष्ट पार्टीको सरकार भएको ठाउँमा जेल परेकाले खुसी नै थिए, तर त्यहाँको अवस्था हेर्दा त बिचल्ली रहेछ ।’ पुस्तकका लेखक तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले नेपाली समाज रुपान्तरणका लागि सिर्जना आवश्यक रहेको र आफ्नो सिर्जनाले उद्देश्यको सेवा गर्छ कि गर्दैन भन्ने चिन्ता आफूमा रहेको बताए । उनले आफूले राजनीतिक काममा व्यस्त रहँदा रहँदै २५ दिनमा नै यो कथा संग्रहमा प्रकाशित १० वटा कथा तयार पारेको उल्लेख गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका कु्लपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्यको क्षेत्रमा लामो समय राजनीतिमा क्रियाशील रहेका र वैचारिक रुपमा पनि स्पष्ट नेताहरुको प्रवेश हुनु सुखद पक्ष भएको बताए । यसैगरी अखिल नेपाल जन साँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले गजुरेलका कथा साम्राज्यवादी र साँस्कृतिक साम्राज्यवादीमाथि प्रहार गर्न सफल रहेको टिप्पणी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending