Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

तिहारकाे अागमनसँगै भारतीय बजारबाट पटकाको निकासी बढ्यो

[caption id=\"attachment_99082\" align=\"aligncenter\" width=\"619\"]\" फाइल तस्वीर[/caption] महोत्तरी, १२ कार्तिक । नेपालीहरुको महान पर्व तिहारका अगमनसँगै प्रहरी टोलीले देशका विभिन्न ठाउँ ठाउँबाट लाखौं मूल्य बराबरका पटककाहरु बरामद गरेको छ । प्रहरीका अनुसार तिहारको अवसरमा बिक्री वितरण तथा निजी प्रयोगको लगि भारतीय बजारबाट भन्सार छल्दै लाखौं मूल्यका पटकाहरु ल्याउन थालेको सुचना पाएपछि ती स्थानहरुमा प्रहरी चेकजाँच कडाई गरिएको छ । प्रहरीका अनुसार तराईका जिल्लाहरुबाट प्रहरीले दिनहुँ भारतीय पटाका ल्याउने त्र्रममा पक्राउ गर्ने र पटका जफत गर्ने गरेको छ । सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बिहीबार साँझ पनि लाखौ मूल्यको पटकाहरु बरामद गरेको छ । सशस्त्र प्रहरीले महोत्तरीको विभिन्न स्थानबाट पक्राउ गरेको दुई लाख रुपैयाँ बढी मूल्यका पटका जलसागरस्थित सीमा सुरक्षा कार्यालयमा नष्ट गर्न लागेको बताएको छ । त्यसैगरी बरामद गरिएको केहि पटका सञ्चारकर्मीको उपस्थितिमा जलसागरस्थित सीमा सुरक्षा कार्यालयले शुक्रबार बिहान माटोमुनि गाडेको छ । महोत्तरीको जलसागरस्थित सीमा सुरक्षा कार्यालयका सशस्त्र एसपी प्रकाश श्रेष्ठका अनुसार तिहार, छठ र सामाचकेवा जस्ता स्थानीय पर्वमा व्यापार गर्ने उद्देश्यले पटाकाहरु नेपाल भित्राउने क्रम बढेको छ । सशस्त्र प्रहरीको गस्तीले मटिहानी, मलिवारा, सुन्दरपुर गाविसको सिंहासनी लगायतका ठाउँबाट पनि ठूलो परिमाणमा पटाका पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार नागिन र कोब्रा ब्राण्डका खतरनाक पटका का साथै ठूलो आवाजले त्रसित गराउने राकेट जस्ता पटकाहरु स्थानीय व्यपारीहरुले भित्राउने गरेका छन । गौशाला, जलेश्वर, पिपरा, जनकपुर लगायतका शहर बजारतर्फ लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पटका बरामद गरेकाे  जनाएको छ । मलिवारास्थित सशस्त्र प्रहरीको भन्सार एवं राजस्व सुरक्षा गुल्मका डिएसपी सन्तोष केसीकाअनुसार सशस्त्र गस्ती देखेपछि पटकासहितको बोरा र बन्डल छाडेर तस्कर भागेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending