Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

भक्तपुरमा धान भित्र्याउने चटारो

\"dhan-750\"भक्तपुर, १२ कात्तिक । दोस्रो ठूलो पर्व तिहार सुरु भइसके पनि भक्तपुरका किसानलाई भने यतिखेर धान भित्र्याउन चटारो छ । तिहार आइसके पनि यहाँका किसान भने धान काट्ने, सुकाउने र धान भित्र्याउनमा व्यस्त छन् । यतिखेर तिहार मनाउने भन्दा पनि धान भित्र्याउने चटारोले किसान यतिखेर धानको खलोमा व्यस्त छन् । भक्तपुर व्यासीमा धान भित्र्याउन व्यस्त किसान कान्छीमाया श्रेष्ठले धानकै चटारोले तिहारको किनमेल गर्न नभ्याएको बताइन् । धान सुकाउने पर्याप्त ठाउँसमेत नभएपछि भक्तपुर र थिमि नगरपालिकाका बासिन्दाले भने सडकको किनारा, चौर र फुटपाथमा धान सुकाएर भित्र्याउने तयारीमा छन् । भक्तपुरको हनुमानघाटस्थित चौरमा धान सुकाएका नारायणप्रसाद प्रजापतिले घरमा धान सुकाउने ठाउँ नभएकाले चौरमा धान सुकाउनु परेको बताउँदै तिहारको चटारो भन्दा पनि धानकै चटारोले पिरोलेको बताए । उनले भने,“तिहार पनि मान्छौ, तर पानी परेर धान झार्ने र धान बिगार्ने डरले तिहार मान्न भन्दा पनि धान भित्र्याउन नै ध्यान दिन परेको छ ।” धान रोप्ने समयमै पर्याप्त वर्षा भएपछि यसवर्ष धानको उत्पादनमा समेत वृद्धि हुने देखिएको छ । दसैँ सकिएलगत्तै किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ भएको र यसपाली धान काट्ने, चुट्ने र सफा गर्ने मजदुर नपाएपछि विगतका वर्षमा भन्दा बढी समय लागेको सम्बद्ध किसानको भनाइ छ । यसवर्ष समयमै मनसुन भएकाले विगतका वर्षमा भन्दा धानको उत्पादन राम्रो भएकामा उनीहरु दङ्ग छन् । भक्तपुरका किसानले गतवर्ष चिनियाँ हाइब्रिड जातको धान लगाएर ठूलो नोक्सानी बेहोरे पनि यसवर्ष भने त्यस्तो समस्या नआएकाले धानको उत्पादन बढेको हो । यहाँका किसानले यसवर्ष विभिन्न हाइब्रिडका साथै, झरुवा, टाइचिन, खुमल– ४, खुमल ११ लगायतका धान लगाएका छन् । जिल्ला कृषि कार्यालयले जिल्लामा चार हजार ३४८ हेक्टरमा धानखेती भएको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending