Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नक्कली एटिएम प्रयोग गरी पैसा निकाल्ने बुल्गेरियाली नागरिक पक्राउ

\"atm-booth-750\"काठमाडौँ, १२ कात्तिक । नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । डिमो एटान्सोभ स्टेफनोभ नामका ३८ वर्षीय उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार ठमेलबाट पक्राउ गरेको हो । उनले एटिएम बुथमा प्रवेश गरी त्यहाँ गोप्य रुपमा सानो आकारको क्यामेरा फिट गरी ग्राहकले हानेको पिन कोड नम्बर पत्ता लगाई पुनःबुथमा गई रकम निकाल्ने नयाँशैलीको प्रयोग गर्ने गरेको ब्युरोका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले जानकारी दिए । उनको साथबाट २८ थान नक्कली एटिएम कार्ड र १७ हजार अमेरिकी डलर बरामद भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएमबाट अन्य ग्राहकको रकम निकालेको भेटिएपछि उनको खोजी सुरु भएको थियो । बैंकका उपनिर्देशक विजेन्द्र सुवालले आफूले रकम ननिकाले पनि रकम निस्किएको एसएमएस आएको भन्दै ग्राहकले गुनासो गरेपछि बैंकले अनुसन्धान सुरु गरेको र प्रहरीलाई जानकारी गराएको बताए । बैंकको ‘सिसिटिभी फुटेज’ को आधारमा उनको खोजी अगाडि बढाएको थियो । सोही क्रममा ठमेलको हिमालय बैंकबाट रकम निकाल्ने क्रममा ब्युरोको प्रहरी टोलीले स्टेफनोभलाई पक्राउ गरेको हो । एक अस्टे«लियन नागरिकले नेपालमा एटिएमबाट रकम निकाल्न खोज्दा एटिएम अड्किएकोमा उनको खाताको ६ हजार डलर रकम बुल्गेरियाबाट निकालिएको घटनामा समेत स्टेफनोभकै संलग्नता देखिएको छ । उनी गत असोज २२ गते नेपाल आई ठमेलस्थित एक होटलमा बस्दै आएको ब्युरोले जनाएको छ । ब्युरोका प्रमुख सिलवालले एटिएम कार्डको पिनकोड समयसमयमा परिवर्तन गर्न र अरुले नदेख्ने गरी मात्रै कोड हान्न सुझाव दिनुभयो । उनलाई बैकिंङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही बढाएको तथा सो ऐनबमोजिम बढीमा पाँच वर्ष कैद, बिगो भराउने तथा बिगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ । ब्युरोले यसअघि २०७१ मङ्सिर १ गते टर्किस नागरिक, सोही वर्ष चैत ५ गते बुल्गेरियाली नागरिक र गत साउन १७ गते रोमानियाली नागरिकलाई नक्कली एटिएमको प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending