Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

विदा दिने निर्णय राष्ट्रपतिको चाहना र दलिय सहमतिमा भएको खुलासा

\"student_pm-750\" काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा सार्वजनिक विदा दिने निर्णय राष्ट्रपति विद्यादेवि भण्डारीको चाहना र दलहरुको छलफलबाट भएको खुलासा गरेका छन् । आज लोकमान विरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब अघि वढाउन दवाव दिन सिंहदरवार पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँग प्रधानमन्त्री प्रचण्डले यस्तो खुलासा गरेका हुन् । उनले उक्त भेटअघि आफ्नै पार्टीका जवसमोर्चाको संयुक्त भेटमा समेत उक्त कुरा बताएका थिए । भेटमा सहभागी एक नेताका अनुसार भ्रमणको क्रममा काठमाडौंको ट्राफिक व्यवस्था भद्रगोल हुने र जनता रिसाउन सक्ने अवस्थाबाट जोगिने आफुले उक्त निर्णय गरेको सुनाएका थिए । साथै प्रचण्डले विदा फिर्ता हुने सम्भावना नरहेको संकेत समेत गरेका अर्का सहभागीले बताए । निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्ष तर्फ अघि वढेको वताएका प्रचण्डले भने, –‘काङ्ग्रेस,एमाले र मधेसी मोर्चा समेतसंग यसलाई सहमतिका साथ टुङ्गो लगाउने गरी छलफल भएको छ।’ भष्टचार विरुद्द काम गर्ने संस्थालाई नै महाअभियोग लगाउनुपर्ने परिघटना आफैमा नकारात्मक भएतापनि यसवाट सकारात्मक परिणाम निस्कने प्रधानमन्त्री दाहालले वताउनु भयो। प्रधानमन्त्री दाहालले सडक आन्दोलन मार्फत दलहरू एकठाउंमा ल्याउन र जनमत निर्माण गर्नमा सकारात्मक भुमिका खेलेकोमा विद्यार्थी संगठनहरूई विशेष धन्यवाद समेत दिएको प्रतिनिधि मण्डलमा रहेका अखिल९क्रान्तिकारी०का प्रवक्ता सुरेन्द्र बस्नेतले वताए। प्रधानमन्त्रीसँगको भेटमा अखिल९क्रान्तिकारी०का अध्यक्ष नरेन्द्र न्यौपाने ,नेविसंघ अध्यक्ष नैनसिह महर,अनेरास्ववियु अध्यक्ष नविना लामा लगायतको सहभागीता थियो । लोकमान विरुद्धको महाअभियोग तत्काल पारित गर्न अनेरास्ववियु,नेविसंघ,अखिल९क्रान्तिकारी०सहितका ११ विद्यार्थी संगठन आन्दोलनरत छन्। यसअघि उनीहरुले सभामुख ओनसरी घर्ती,काङ्ग्रेस सभापति शेरवहादुर देउवा,एमाले अध्यक्ष केपि ओलीलाई भेटेर ध्यानाकर्षण पत्र सहित दवाव दिइसकेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending