Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

भूकम्पमा भत्किएको राजा योगनरेन्द्रको सालिक हेर्न अमेरिकाबाट पाटनमा

\"king_yognarendra\"ललितपुर, १२ कात्तिक । हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे । उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन् । अहिलेसम्म त्यो सुरक्षित छ । सालिकको मात्रै नभई सिङ्गो पाटनका बारेमा हजुरबाबाट सुनेका पिफ्रिर्कन भूकम्पपछिको अवस्था हेर्नकै लागि आएका बताएको पाटन सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताउनुभयो । अघिल्लो वर्ष पर्यटकीय चहल–पहल सुनसान भए पनि यस वर्ष मौसम सुरु भएसँगै ललितपुरका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको छ । पहिले आइसकेकाहरु सम्पदाको पछिल्लो अवस्था हेर्न र बुझ्न आइरहेका छन् । घुम्न आउन चाहनेका लागि नेपाल सुरक्षित रहेको खबर विभिन्न माध्यमबाट जानकारी पाएपछि इच्छुक पर्यटकहरु आउन थालेको पाटन संग्रहालयले बताएको छ । प्रमुख लाखेले भन्नुभयो, ‘अघिल्लो वर्ष भूकम्पकै कारण पर्यटकको आगमन ज्यादै कम थियो भने अहिले भूकम्प पनि पर्यटकलाई आकर्षण गर्ने कारण बनेको छ ।’ कतिपय पर्यटक भने भूकम्पअघि र पछिको सम्पदाको अवस्थाका विषयमा अध्ययन÷अनुसन्धान गर्ने उद्देश्यले पनि आउने गरेको पाइएको छ । पाटन क्षेत्र आइपुग्ने पर्यटकसँग दरबार क्षेत्रमा ललितपुर उपमहानगरपालिका र पाटन सङ्ग्रहालयमा कार्यालयले नै प्रवेश शुल्क उठाउँदै आएका थिए । गत असोजदेखि दुवै निकायले एकै स्थानबाट शुल्क उठाउने गरी ‘एकद्वार प्रणाली’ सुरु भएको छ । यसले गर्दा पाटन आउने पर्यटकलाई सहज भएको छ । एकद्वार प्रणालीको सुरु भएको पहिलो महिना असोजमा मात्रै एक करोड पाँच लाख रुपैयाँ रकम शुल्कबापत उठिसकेको छ । अघिल्लो वर्ष वर्षभरमा जम्मा दुई करोड ७० लाख रुपैयाँ मात्रै उठेको थियो । गत वर्ष उपमहानगरपालिकाले ६ करोडमा बोलपत्र आह्वान गरेको थियो । ठेक्का पर्ने ठेकेदार कम्पनीले ३० लाख धरौटीसमेत बुझाइसकेको थियो । भूकम्पका कारण उसले गर्न आँट नगरेपछि त्यो रकम उपमहानगरपालिकाले जफत गरेको हो । अघिल्लो वर्षभन्दा यो वर्ष पर्यटकको आगमनमा सुधार हुने सङ्केत अहिले नै देखिसकेको उपमहानगरपालिकाका पर्यटन हेर्ने अधिकारी डिल्लीराम शाक्य बताउनुहुन्छ । उनले भने, –‘असोजमा एक करोड बढी रकम सङ्कलन भएको थियो भने कात्तिकमा पनि पर्यटकको आगमन राम्रो छ ।’ पर्यटकमा शान्तिसुरक्षामा राम्रो भएको सन्देश पुगिरहेकाले ढुक्क भएर आउन थालेको उनी बताउछन् । दरबार क्षेत्रमा क्षेत्रमा शौचालय लगायतको सुविधा थप गर्नेमा ध्यान दिइने बताउँदै उनले भने, –‘हामीले यस क्षेत्रमा सुधारका लागि शुल्कबाट नै रकम छुट्याउने व्यवस्था गरेका छौँ ।’ विश्वकै बौद्ध धर्मावलम्बीको आकर्षण रहेको हिरण्यवर्ण महाविहार ९गोल्डेन टेम्पल०मा पनि पर्यटकको चहल–पहल बाक्लो हुन थालेको छ । महाविहारमा कार्यरत कर्मचारी पञ्चबज्र बज्रचार्यले भने, –‘अहिले सिजन सुरु भएपछि एक सयको हाराहारीमा पर्यटक आइरहेका छन् ।’ रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies