Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

१३ बर्षिया बालिका आफ्नै बुबा , मामा र दाजुबाट पटक –पटक बलात्कृत

\"bible-says-about-rape-750\"उदयपुर, ११ गते कात्तिक । बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरी पटक–पटक आफ्नै बुबा , मामा र गाँउले दाजुपर्नेबाट बलत्कारको शिकार भएकी छिन् । बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले किशोरी बलात्कार गर्नेहरुविरुद्ध हालै जेलसजाय र आर्थिक जरिवानाको फैसला गरेको अदालतका स्रेस्तेदार रितबहादुर मगरले बताए । अदालतको फैसलाअनुसार किशोरी बलात्कार गर्ने बुबालाई २२ वर्ष जेल सजाय र रु ५० हजार आर्थिक जरिवाना तोकिएको अदालतले जनाएको छ । यस्तै किशोरीको मामालाई ११ वर्ष जेल सजाय र रु १० हजार जरिवाना तथा दाजुलाई आठ वर्ष कैद र रु १० हजार जरिबानासहितको फैसला भएको छ । किशोरीको आमा डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएपछि बुबाले उनलाई छ महिनादेखि करणी गर्दै आएका थिए । आफ्नो बुबाले करणी गरेपछि किशोरी भागेर मावली गएकामा त्यहाँ पनि मामाले पटक–पटक बलात्कार गरेका थिए । मामाबाट बच्न भागेर फेरि गाउँमा आएर आफन्त दाजुको शरण लिएकी उनलाई दाजुले पनि पटक–पटक बलात्कार गरेका थिए । पीडित किशोरीले यसबारेमा साथीहरुलाई भनेपछि साथीका अभिभावकको निवेदनमा प्रहरीले बलात्कारीलाई गत वैशाख १७ गते पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालत उदयपुरमा उक्त घटनासम्बन्धी मुद्दा चलेको सात महिनापछि अदालतले यस्तो फैसला गरेको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending