Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

बेपत्ता नागरिकको बृहत् अनुसन्धान र उत्खननको तयारी

\"bepatta\"काठमाडौँ, ११ कात्तिक । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका घटनाको बृहत् अनुसन्धान तथा व्यक्ति उत्खनन गर्ने तयारी गरिरहेको छ । आयोगले पीडितको उजुरी लिएर प्रारम्भिक चरणको अध्ययन सकिसकेको छ । बेपत्ता पारिएका सङ्घ÷संस्थाका प्रतिनिधिसँग छिट्टै छलफल गरी उनीहरुको नेटवर्क प्रयोग गरी बृहत् अनुसन्धान गर्ने आयोगको तयारी छ । आयोगका प्रवक्ता प्राडा विष्णु पाठकले बेपत्ता पारिएका व्यक्तिको उजुरीका आधारमा बृहत् अनुसन्धान प्रक्रिया मङ्सिरबाट सुरु गरी बेपत्ता व्यक्तिको उत्खनन कार्य सुरु गर्ने तयारी रहेको बताए । बृहत् अनुसन्धान गर्नुअगाडि आयोगले पाँच विकास क्षेत्रमा अनुसन्धान गर्न जाने टोलीलाई तालिम दिएर पठाउने तयारी गरेको छ । पीडितको गाउँमा अनुसन्धान टोली पुगेर उजुरीका बारेमा बुझ्नेछ र प्रत्येक बेपत्ता व्यक्तिका बारेमा पाँचजना व्यक्तिसँग साक्षी बकाउनेछ । आयोगले पीडित को हो रु कसरी बेपत्ता भयो ? भन्ने बृहत् अनुसन्धान गर्नेछ र हराएको मान्छेको सम्पूर्ण विवरण खोज्नेछ । “बृहत् अनुसन्धान गर्दा तालिम प्राप्त व्यक्तिले प्रत्येक बेपत्ता व्यक्तिका बारेमा कम्तीमा पाँचजनालाई साक्षी बकाउनेछ, प्रत्येक जिल्लाको एक स्थानमा सार्वजनिक सुनुवाइ गर्नेछ”– प्रवक्ता पाठकले भने । ’ उनका अनुसार व्यक्ति बेपत्ता पार्दा उत्खनन गर्नुपर्ने हुनसक्छ । उत्खनन गर्दा राष्ट्रिय ÷अन्तर्राष्ट्रिय विशेषज्ञ जरुरत पर्न सक्दछ । यसमा आवश्यक सुरक्षादेखि मनोपरामर्शदातासहित बृहत् तयारी चाहिन्छ । एक ठाउँका उत्खनन गर्न कम्तीमा ३० दिन लाग्छ । उनका अनुसार उत्खनन गर्दा व्यक्तिको पहिचान गर्न घडी, जुत्ता, शरीरको कुनै भागमा शल्यक्रिया गरेको आधारमा पत्ता लगाउन सकिन्छ, अन्यथा डिएनए परीक्षण नै गर्नुपर्ने हुन्छ । जुन धेरै जटिल प्रक्रिया हो । आयोगलाई अनुसन्धान गर्दागर्दै समय लाग्ने भएकाले आयोगको समयावधि नै सकिने हो कि भन्ने चिन्ता छ । अनुसन्धानले अन्तिम रुप नपाएर पीडितले न्याय नपाउने अवस्था पनि हुन सक्छ । ऐन संशोधन अलि चाँडो भइदिए सहज हुने आयोगको ठम्याइ छ । आगामी माघ २६ गते आयोगको समय सकिँदैछ । “समय थप गरेर राजनीतिक हस्तक्षेपविहीन तरिकाले काम गर्न सकेमा विश्वको एउटा नमुनाका रुपमा काम गरेर देखाउँछौ”–प्रवक्ता पाठकले थपे । आयोगले गत वैशाख २ देखि साउन २६ गतेसम्म उजुरी सङ्कलन गर्ने समय तय गरेको थियो । सो अवधिमा दुई हजार नौ सय ४२ उजुरी आयोगमा परेको छ । द्वन्द्वका बेलामा बेपत्ता पारिएको व्यक्तिको तथ्याङ्क पनि फरक–फरक छ । राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कअुनसार ८४३, इन्सेकका अनुसार एकहजार १५०, शान्ति मन्त्रालयको एक हजार ९९५ र राहत बाँडेको चाहिँ एक हजार ५३० छन् । आयोगले यी तथ्याङ्कमा भएको नामलाई पनि अध्ययन गर्ने जनाएको छ । आयोगले २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५गतेसम्म बेपत्ता व्यक्तिको मात्र उजुरी लिएको छ । द्वन्द्वपछि न्याय निरुपण गर्न विश्वका ५४ देशमा यस्ता खालका आयोग गठन भएका छन् । त्यसमध्ये १२ देशमा बेपत्ता आयोग बनेको छ । यसमा अर्जेन्टिना र पेरु मात्र आंशिक रुपमा सफल भएको देखिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending