Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

लोकमानको कार्यलयमा लाग्यो ताला, सुरक्षा सचिवालय खारेज , फिर्ता पठाइए ‘अज्ञाकारी ’ प्रहरी

\"akhitar\"काठमाडौं, ११ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर अपराधको कसुरमा महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालय बन्द गरेको छ । कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको अध्यक्षतामा बसेको आयुक्तहरूको बैठकले निलम्बित प्रमुख आयुक्त कार्कीको कार्यालय बन्द गर्ने निर्णय गरेको हो । आजको राजधानी दैनिकमा खबर छ –आयोग पदाधिकारी बैठकको निर्णयसँगै कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले बुधबार नै कार्कीको सचिवालयमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता पठाई उनको सुरक्षा सचिवालय नै बन्द गरेका हुन् । सबै आयुक्तहरूले एकमतका साथ कार्कीको सुरक्षा सचिवालय र उनको कार्यालय बन्द गर्नुपर्ने मत राखेका थिए । सोही निर्णयअनुसार कार्यवाहक प्रमुख बस्न्यातले कार्कीले आफ्ना लागि बनाएका सुरक्षा सचिवालय खारेज गर्दै सचिवालयमा कार्यरत ११ जनामध्ये १० सुरक्षा अधिकारीलाई फिर्ता पठाइदिएका हुन् । ‘अब सुरक्षा आवश्यक छैन, नागरिकलाई धम्क्याउने कार्कीको सुरक्षा सचिवालयमा रहेका व्यक्तिलाई आयोगमा राख्नुहुन्न भन्ने निष्कर्षका साथ खारेज गरी फिर्ता पठाइएको हो,’ अख्तियारका एक आयुक्तले भने, ‘अख्तियारका नाममा एक व्यक्तिबाट विगतमा भएका सबै ज्यादती करेक्सन गर्ने कामलाई तीव्रता दिइएको हो ।’ अख्तियार स्रोतका अनुसार सुरक्षा सचिवालयमा कार्यरत डीएसपी दानबहादुर थापा, एक अधिकृत र एक नायब सुब्बाबाहेक सबैलाई लोकमानको विशेष सुराकी रहेको ठहर गर्दै सम्बन्धित कार्यालयमै फिर्ता पठाएको हो । अख्तियारले सचिवालयमा कार्यरत प्रहरी निरीक्षक ९इन्सपेक्टर० हरू रञ्जन दाहाल, जयश्वर रिमाल, रञ्जन बस्नेत, ठगबहादुर केसी, सुरज बस्नेतलगायतका अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता पठाएको हो । सुरक्षा सचिवालयले कार्कीको आन्तरिक सुरक्षा प्रबन्ध मिलाउनुका साथै अख्तियारका सबैखाले फाइलको रेकर्ड राख्ने, कार्कीका तर्फबाट प्रस्टीकरण लेख्ने, उनका भाषणहरूको प्रारम्भिक मस्यौदा तयार पार्ने र कार्कीको ज्यादतीविरुद्ध आवाज उठाउनेको व्यक्तिगत फाइल बनाएर यातना दिनेसम्मको काम गर्दै आएको थियो । डीएसपी थापा र दुई कर्मचारीलाई भने अन्य शाखामा काममा लगाइएको छ । यो निर्णयसँगै बुधबारबाट कार्कीको सचिवालयमा ताला लागेको छ । कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले यसअघि नै कार्कीको जासुसी संयन्त्र, उनले नियुक्त गरेका ‘विज्ञ र सल्लाहकारलाई बर्खास्त गरिसकेका छन् भने कार्कीले कर्मचारीलाई आतंकित पार्न विभिन्न मन्त्रालय र संस्थानबाट काजमा ल्याएका कर्मचारीलाई समेत फिर्ता पठाउने निर्णय गरिसकेका छन् । व्यवस्थापिका संसद्का १ सय ५७ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै कार्की स्वतः प्रमुख आयुक्तको हैसियतमा कामकाज गर्न नसक्ने भएपछि कार्यवाहक बनेका बस्न्यातले कार्कीको सचिवालयमा रहेकाहरूलाई हटाई औपचारिक रूपमा सचिवालय बन्द गराएका हुन् । आयोगको यो निर्णयसँगै कार्की अब सरकारी निवासमा सीमित भएका छन् । कार्की निवासको सुरक्षामा रहेका सुरक्षाकर्मीसमेत परिवर्तन गर्न अख्तियारका आयुक्तहरूमाथि दबाब परेको स्रोतले बतायो । ‘विगतमा कार्कीले अख्तियारको नाममा जसरी ज्यादती गरेका थिए, त्यसमा करेक्सन भयो भन्ने सन्देश दिएर जनतामा अख्तियारप्रति सकारात्मक सोचको विकास गर्न यी सब सुधारका काम भएका हुन,’ ती आयुक्तले भने । अख्तियार प्रमुख बस्न्यातले यसअघि नै आयोगमा रहेका लोकमानका अनुयायीलाई आफ्नो कार्यकक्षमै बोलाएर व्यक्तिप्रति नभई संस्थाप्रति बफादार रहन र कार्कीलाई कुनै पनि फाइलको विषयमा जानकारी दिने वा आयुक्तहरूको विषयमा सुराकी गर्ने काम नगर्न सचेत गराइसकेको छ । उनले अनुसन्धानको गोपनीयताको विषयमा समेत कर्मचारीलाई सचेत गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending