Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सल्यानमा दश स्थानीय तहको संरचना सिफारिस

\"salyan-map-750\"सल्यान, १० कात्तिक । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति सल्यानले जिल्लामा १० वटा स्थानीय तहको संरचना हुने निर्णय गरेको छ । सल्यानका स्थानीय विकास अधिकारी एवम् प्राविधिक सहयोग समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा यहाँ बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । बैठकले वनगाड कुपिन्डे नयाँ नगरपालिका थप गरी तीन नगरपालिका र सात गाउँपालिकासहित स्थानीय निकाय पुनर्संरचना आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । जिल्लाको काप्रेचौर, कालीमाटी काल्चे, कालीमाटी रामपुर र लक्ष्मीपुर गाविसलाई जोडेर कालीमाटी गाउँपालिका सिफारिस गरेको छ भने काभ्रा, फलाबाङ, काराँगिठी र त्रिवेणी गाविसलाई मिलाएर त्रिवेणी गाउँपालिका तथा धाबाङ, सारपानी गर्पा, रिम, सिनवाङ गाविसलाई मिलाएर कपुरकोट गाउँपालिका तथा दमाचौर, लेखपोखरा, कोर्बाङ झिम्पे र छायाँक्षेत्र गाविसलाई मिलाएर छत्रेश्वरी गाउँपालिकाका हुने गरी आयोगमा सिफरिस गरिएको संयोजक रामचन्द्र पौडेलले बताए । उनका अनुसार शारदा नगरपालिका– ७ कजेरी सिद्धेश्वरी, चाँदेकरेञ्जी, बाँझकाँडा गाविसलाई मिलाएर ढोरचौर गाउँपालिका तथा भल्चौर, दार्माकोट, ढाकाडाम गाविसलाई मिलाएर दार्मा गाउँपालिका हुने सिफारिस गरिएको छ । त्यस्तै देवस्थल, बामे, मूलखोला, घाजरी पिपल गाविसलाई मिलाएर वनगाड कुपिन्डे नगरपालिका, जिमाली, मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ र वनगाड गाविसलाई मिलाएर कुमाखमालिका नगरपालिका तथा बाँफूखोला गाविसलाई बागचौर नगरपालिकामा मिलाएर बागचौर नगरपालिकाको लागि सिफारिस गरेको समितिका संयोजक रामचन्द्र पौडेलले जानकारी दिए । समितिले आजदेखि जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकामा वडा विभाजन तथा जनमत सङ्कलन अभियान सुरु गर्ने भएको छ । जिल्लामा सम्पन्न सर्वदलीय बैठकले कात्तिक १० गते ढोरचौर र रागेचौर तथा कात्तिक ११ गते देवस्थल, लेखपोखरा, लुहाम, कपुरकोट र भल्चौरमा पुगेर त्यहाँका स्थानीयवासीको राय सुझावसहितको जनमत सङ्कलन गरिने उनले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending