Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

नेपाली सांसद भारतमा बेपत्ता !

काठमाडौं, १० कात्तिक । शनिबार साँझ सूचना आयो, ‘एमाले सांसद रविन कोइराला शुक्रबारदेखि सम्पर्कमा हुनुहुन्न ।’ कोइराला साँच्चै सम्पर्कविहीन भएका हुन् या केही कारण्वश घर फर्किन ढिलो भएको हो, यो नबुझी झापाका एक सञ्चारकर्मीले फेसबुकमा स्टाटस पोस्ट गरिदिए । कुनै दिन आफूले सांसद कोइरालासँग अन्तर्वार्ता लिँदै गरेको तस्बिर अपलोड गर्न भ्याए । जनआस्था साप्ताहिकमा खबर छ– झापा मेचीनगर–१० निवासी कोइराला शनिबार साँझसम्म पनि सम्पर्कमा नआएपछि खोजी शुरु भयो । स्रोतका अनुसार उनी शनिबार काठमाडौं जाने तयारीमा थिए । प्लेन टिकट पनि काटेका थिए । तर, एकाएक टिकट आइतबारका लागि सारेर सिलिगुडी प्रस्थान गरेको बुझिन्छ । कोइराला सम्पर्क बाहिर रहेको सूचना जिल्ला प्रहरी कार्यालयमा पनि पुग्यो । एसपी शैलेश थापा तुरुन्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टा पुगे । इन्स्पेकटर नेतृत्वको टोलीलाई इण्डियन काउन्टर पार्ट (भारतीय प्रहरी युनिट) समक्ष पठाए । एसपी थापा इप्रका काँकडभिट्टमै बसेर यसबारे बुझ्न व्यस्त थिए । ‘उहाँ शुक्रबार नै भारत जानुभएको रहेछ, अहिलेसम्म (शनिबार साँझसम्म) नेपाल नफर्किंदा सबैमा चिन्ता बढेको छ, हामी प्रयासमा छौं,’ एसपीले भने । सांसद कोइराला कोसँग, केका लागि र कति बजे भारत प्रस्थान गरेको थिए भन्नेबारे बताउन नचाहेका एसपी थापाले भने, ‘हामी बुझ्दै छौं, अहिले सबै भन्न मिल्दैन ।’ यता, प्रहरी सांसद कोइरालाको खोजीमा जुटिसकेको थियो, कोइराला भने फेसबुकमा अनलाइन देखिन्थे । निकैबेर अनलाइन बसेको सांसद कोइरालाले म्यासेजको रिप्लाइ भने थिएका थिएनन् । साँझ सातबजेपछि एक्कासि एसपीले जनआस्थाकर्मीलाई फोन गरे । र भने, सांसदज्यूसँग मेरो कन्ट्याक्ट भइसक्यो, नेपाल फर्कंदा ढिला भएकाले मिरिकमा बस्नुभएछ, आइतबार बिहान फर्कने भन्नुभएको छ ।’ केहीबेरपछि कोइरालाले फेसबुक च्याटमा भने, ‘सिलगुडीमा छु, भोली आउँछु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending