Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

नेपाल–भारत बैठकमा भाग लिन परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

\"1464522221prakashsharanmahat-750\"काठमाडौं, १० कात्तिक । भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । बिहीबार भारतको नयाँदिल्लीमा हुने बैठकमा नेपालको नेतृत्व मन्त्री डा महतले गर्ने कार्यक्रम रहेको छ । आयोगको बैठकमा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्दैछिन् । बैठकमा नेपाल र भारतका उच्च कूटनीतिक अधिकारीहरु रहने छन् । उक्त आयोगको सचिवस्तरीय बैठक भने आजै नयाँदिल्लीमा सुरु हुँदैछ । सो प्रयोजनका लागि परराष्ट्र सचिव शङ्करदाश बैरागी हिजो नै नयाँदिल्ली पुगिसकेका छन् । बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने बताइएको छ । आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री डा महतले जानकारी दिए । नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री डा महतले भने, ‘‘नेपाल भारत बीचका बिगतका विभिन्न सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाका बारेमा बृहत समीक्षा हुन्छ र नेपालको तर्फबाट मैले राष्ट्रिय हित र स्वार्थका विभिन्न विषयमा कुरा राख्ने छु ।’’ प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल–भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा पनि सो बैठकमा छलफल हुने छ । मन्त्री डा महत शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending