Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

घरेलु कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान शुरु

\"lebnan\"काठमाडौं, १० कात्तिक । घरेलु कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने प्रक्रिया शुरु भएको छ । नेपाल सरकारले संस्थागत रुपमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका जारी गरेको लामो समयपछि संस्थागत रुपमा नेपाली महिला घरेलु कामदार युएई र लेवनान गएका हुन् । गत महिना एकजना महिला घरेलु कामदार गौशलास्थित अर्थ भिजन म्यानपावर सर्भिसेज प्रालिबाट संस्थागत रुपमा लेवनान गएकोमा मंगलबार दुई जना महिला युएई गएका छन् । राजधानीको सिनामंगलस्थित स्यारोन म्यानपावर सर्भिसेज प्रालिले दुई महिला कामदारलाई संस्थागत रुपमा पठाएको हो । मंगलबार झापा गौरादह सीतापुरीकी मीना सुब्बा र बर्दिया तारातालकी कलावती चापागाई नेपाल एयरलाईन्सको उडानबाट त्यसतर्फ लागेका हुन् । सुब्बा ७ वर्षसम्म कुवेतमा कामगरी फर्केकी कामदार हुन भने चापागाई पहिलो पटक गएकी हुन् । दुईवर्षे भिषा अवधिका लागि गएका उनीहरुले मासिक तीन सय अमेरिकी डलर पारिश्रमिक पाउने छन् । घरेलु कामदार भएकाले उनीहरुले आफूले कामगर्ने घरमा खान, बस्न पाउने छन् । युएई जान स्यारोन म्यानपावरबाट विदाई हुनअघि उनीहरुले आफूहरु निःशुल्क रुपमा जान पाएको र प्रस्थान गर्नुअघिको तालिम खर्च पनि रोजगारदाताले नै व्यहोरिदिएको बताए । म्यानपावर कम्पनीका सञ्चालक श्यामबहादुर क्षेत्रीले अल वतन र अल मोमियाज भन्ने एजेन्सी मार्फत् नेपाली महिलाहरुले काम पाउने जानकारी दिए । नेपालीहरु महिला कामदार युएई लैजान दश वटा एजेन्सी युएईस्थित दूतावासमा सूचीकृत भएका छन् । म्यानपावर सञ्चालक क्षेत्रीले लामो समयको प्रयासपछि पहिलो पटक संस्थागत रुपमा महिला घरेलु कामदार पठाउन पाएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘संस्थागत रुपमा घरेलु कामदार नपठाउन विभिन्न अवरोधका वावजुद हाम्रो प्रयासले मूर्तरुप लियो यसमा खुशी लागेको छ ।’ संस्थागत रुपमा जान लागेका महिलाहरुलाई विदाई गर्न आएका घरेलु कामदार सरोकार समाज नेपालका महासचिव डीबी तामाङले नेपाल सरकारले जारी गरेको घरेलु कामदार सम्बन्धी निर्देशिका पहिलो कार्यान्वयनमा आएको भन्दै तिहार लगत्तै धेरै महिला कामदार संस्थागत रुपमा घरेलु कामदारको रोजगारीमा जाने स्थिति बनेको जानकारी दिए । युएई लगायत अन्य खाडी राष्ट्रमा नेपाली, भारतीय, पाकिस्तानी तथा बंगाली दलालले घरेलु कामदारको मोबाइल नम्बर पत्तालगाई पटक पटक सम्पर्क गरेर सुपरमार्केट लगायत अन्यत्र एक महिनामै ८०/९० हजार कमाई हुने ठाउँमा काम खोजी दिने भन्दै काम गरिरहेको ठाउँबाट निकाल्ने र अलपत्र पारी शोषण गर्ने गरेका छन् । समाजका सल्लाहकार कमलदेव मल्लले यस्ता पक्षहरुमा पनि सचेत हुन महिलाहरुलाई सुझाव दिए । सरकारले २०७२ सालमै घरेलु कामदार संस्थागत रुपमा पठाउन प्रक्रिया शुरु गरेको हो तर विदेशस्थित नेपाली दूतावासहरुले सरकारद्वारा जारी निर्देशिका अनुरुप एजेन्सी दर्ता गर्ने लगायतका प्रक्रिया पूरा नगर्दा घरेलु कामदार जाने क्रम शुरु हुन सकेको थिएन । करीब तीन दर्जन म्यानपावर घरेलु कामदार पठाउन २५ लाख धरौटी राखी वैदेशिक रोजगार विभागमा सूचीकृत भएका छन् । वैधानिक प्रक्रिया शुरु नहुँदा हजारौं महिला भारत, वंगालादेश र श्रीलंकाको बाटो हुँदै र अधिकाशंलाई भिजिट भिषा बाट अवैधानिक रुपमा खाडीका विभिन्न मुलुकमा पु¥याइएका छन् । हालसम्म यूएईस्थित नेपाली दूतावासले मात्र संस्थागत रुपमा जाने घरेलु कामदार जाने व्यवस्था गर्न एजेन्सी दर्ता गरेको छ । खाडीका अन्य देशस्थित दूतावासले धरौटी रकम बढी भएको जस्ता विभिन्न समस्या देखाउँदै एजेन्सी दर्ता प्रक्रिया नै शुरु गरेका छैनन् । युएईस्थित दूतावासले गत कात्तिक १ गतेबाट अवैधानिक रुपमा जाने घरेलु कामदार रोक्न श्रम स्वीकृतिको लागि दूतावासको पत्र अनिवार्य गरेको छ । संस्थागत रुपमा जाने व्यवस्था लागू भएपछि नेपाली महिलाहरुको तस्करीमा कमी आउनुका साथै उनीहरु सुरक्षित हुने विश्लेषण गरिएको छ । खाडी मुलुकमा नेपाली महिलालाई घरेलु रोजगारीमा जान रोक लगाएको मौका पारी लगत्तै दलालहरुले त्रिभुवन विमानस्थलबाटै सेटिङ मार्फत् भिजिट भिषामा युएई लगी किर्गिस्तानसम्म पु¥याउने गरेका छन् । सरकारले वैधानिक प्रक्रिया शुरु गर्दा पनि ओमन र कुवेतस्थित नेपाली दूतावासले चासो नदेखाउँदा अहिले पनि ठूलो संख्यामा नेपाली महिला कामदार अवैध रुपमा विदेशमा पुगिरहेका छन् ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies