Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

लोकमानसँगै यिनका पनि सातो गयो, जो कसैलाई टेर्दैनथे

\"lokman-singh-karki-750\"काठमाडौं, १० कात्तिक । अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अधिकारको गलत प्रयोग गर्दै भ्रष्टाचार तथा राज्यको ढुकुटीको दोहन गर्नेहरुको संरक्षण गरिरहेकाहरुका यतिबेला सातो गएको छ । भ्रष्टाचार रोक्नका लागी काम गर्ने अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्की नै भ्रष्टाचारीहरुको संरक्षण गर्ने र मलजल गर्ने काममा लागेका थिए भन्ने समाचारहरु यसअघि नै सार्वजनिक भईसकेका छन् । मुख्यत आर्थिक रुपमा ठुला स्रोत रहेका परियोजना, संस्था, ठेक्कापट्टा लगायत टेण्डरमा समेत लोकमानले सिधैं हस्तक्षेप गर्नेगर्थे र उनले भनेका मानिसहरुलाई दिलाउने गर्थे । उनले यसका लागी एउटा टिम नै बनाएका थिए । सरकारी वा नीजि क्षेत्रमा समेत उनको यो टिमले लुटको धन्दा चलाई रहेका थिए । उनले निर्माण गरेको उक्त टिममा सरकारी कर्मचारी तथा नीजि क्षेत्रका विवादास्पद व्यापारीहरुसमेत थिए । नेपाल टेलिकम, आयल निगम, भन्सार विभाग, राजस्व र अनुसन्धान, सम्पत्ति शुद्धिकरण, अर्थका मुख्य कर्मचारीहरु, विभिन्न परियोजनाका प्रमुखहरुको नियुक्तिदेखि सरकारी टेण्डरहरुमा ठेक्का पार्ने सम्मको काममा कार्कीको निर्देशन तथा सल्लाहामा हुने गरेको थियो । नीजि क्षेत्रको एनसेल काण्डका मुख्य रचनाकार समेत यिनै कार्की थिए । व्यापारीहरु दीपक मलहोत्रा, दीपक भट्ट, रामेश्वर बोहोरा लगायतका मानिसहरु लोकमान बचाउ अभियानमा खुलेर लागेका मात्रै थिएनन् । भूकम्पको बेलामा भएको त्रिपाल घोटाला प्रकरण समेत कार्कीकै संलग्नतामा भएको थियो । दीपक मलहोत्रा उक्त त्रिपाल घोटला प्रकरणका मुख्य हर्ताकर्ता हुन् । नेपालमा सामसुङ फोन समेत विक्रि गर्दै आइरहेका यिनै मलहोत्राको कम्पनिले केही दिन अघि कार्कीको घरमा म्याद टाँस्न जाँदा कार्यालय राखेको र अवरोध गरेको भेटिएको थियो । भट्ट नेपाली सेना लगायतका सरकारी लजिष्टिक सामानका ठेक्का हाल्ने व्यक्ति हुन् । बोहोरा पनि लोकमानका भित्रिया मानिस हुन् । मिडिया र एयरलाइन्स उनको मुख्य पेशा भएपनि ठुला टेण्डर तथा नियुक्तिहरुमा यिनले हस्तक्षेप गर्ने आर्थिक डिल गर्ने काम गर्दथे । माथि उल्लेखित सरकारी तथा नीजि क्षेत्रका मानिसहरु कार्की आफैले हस्तक्षेप गरी कतिपयलाई नियुक्ति दिलाएका थिए भने कतिपयलाई आफ्नो शक्तिका आधारमा प्रभावमा लिएका थिए । यीनिहरूले आफुभन्दा माथिकालाई नटेर्ने, धम्क्याउने र सरुवा गर्नेसमेत गर्दथे । यिनै मानिसहरुको रिपोर्टका आधारमा कार्कीले सरकारी उच्चपदस्थहरुलाई प्रभावमा पार्दथे र नाजायज काम गर्दथे । अहिले यि मानिसहरु कार्की बर्खास्ती पक्का भएपछि आफु सुरक्षित रहिओस् भनेर विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । हामी यि व्यक्तिहरुका बारेमा विस्तृत समाचार छिट्टै प्रकाशित गर्नेछौं । कोको थिए लोकमानको अलोकतान्त्रिक टिममा ? कसरी भ्रष्टाचार संरक्षण हुन्थ्यो र गरिन्थ्यो ? हामीले यसबारेमा खोज रिपोर्ट तयार गरेका छौं । सम्पुर्ण तयारी पुरा भएपछि हामी विस्तृत समाचार प्रस्तुत गर्नेछौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending