Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

लोकमानबारे कांग्रेस–मधेसी मोर्चाको एउटै मत, निर्णय गर्न आनाकानी

\"congres_morcha\" काठमाडौं, ९ कात्तिक । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंहविरुद्धको महाभियोगबारे एउटै मत अघि सारेका छन् । सत्तारुढ दल कांग्रेस र मधेसी मोर्चाका नेताहरुले लोकमानविरुद्धको महाभियोग संविधान निर्वाचन नगर्ने प्रपञ्च भन्न थालेका छन् । निर्वाचन नगराउने प्रपञ्च स्वरुप महाभियोगको प्रस्ताव ल्याएर अल्मलाउन लागेको कांग्रेस र मोर्चाका नेताहरुले सार्वजनिक अभिब्यक्ति दिन थालेका छन् । तर महाभियोग प्रस्ताव बारेमा मोर्चा र कांग्रेस दुवैले औपचारिक निर्णय भने गरेका छैनन् । कांग्रेसको ६ दिनदेखिको केन्द्रीय कार्यसमिति बैठकमा महाभियोग प्रस्तावबारे महाभियोग प्रस्तावबारे नै छलफल केन्द्रित छ । तर केन्द्रीय समितिबाट भने यसको निर्णय नगर्ने भएका छन् । महाभियोगको फैसला हुन झण्डै डेढ महिना लाग्ने भएकाले हतार नगर्ने कांग्रेस नेताहरुको भनाइ छ । स्रोतकाअनुसार लोकमानलाई नहटाउन भारतीय पक्षबाट दबाब आएकाले मोर्चाका नेताहरुले महाभियोगकै विरोध गरिरहेका छन् भने कांग्रेसले छलफलमै रहेको भन्दै आएको छ । यहिबीचमा कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमण रहेकाले त्यसअघि औपचारिक निर्णय नहुने भएको हो । देउवा कात्तिक १९ गते भारत जाँदैछन् । देउवाको भारत भ्रमण अर्थपूर्णरुपमा हेरिएको छ । कांग्रेसका केही युवा नेताहरु भने महाभियोगको विपक्षमा गएमा सत्ता गठबन्धन नै भत्किने नेतृत्वलाई महाभियोगको विपक्षमा नजान दबाब दिएका छन् । कांग्रेसकै विद्यार्थी संगठन नेबिसंघले महाभियोगको पक्षमा लाग्न दबाब दिँदै अन्य विद्यार्थीसँग मिलेर सडक आन्दोलन नै गदै आएको छ । महाभियोग पारित गर्न दुई तिहाइ मत चाहिने भएकाले कांग्रेसको मत निर्णायक रहेको छ । लोकमानलाई नियुक्त गर्नेबेला पनि प्रमुख तीन दलले नाटकीय निर्णय गरेपछि तत्कालीन राष्ट्रपति रामबरण यादवले हतारहतार लोकमानलाई सपथ खुवाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending