Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

नयाँदिल्ली भन्दा नागढुङ्गा टाढा !

काठमाडौँ, ९ कात्तिक । कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कति समय खर्चनु पर्ला ? त्यति सहज छैन, यसको जवाफ । हवाई मार्गबाट काठमाडौँदेखि नयाँदिल्ली पुग्नभन्दा बढी समय कलङ्कीदेखि नागढुङ्गासम्म पुग्न व्यतित गर्नुपर्छ दैनिक रुपमा अहिले । “माननीय सभापतिज्यू, तपाईं घर जाँदा कुन बाटोबाट यात्रा गर्नुहुन्छ ? डिजी साहेब, सचिवज्यू, तपार्इं त्यो बाटोबाट यात्रा गर्नुहुन्न कि ? यात्रा गरेर पनि देख्नुहुन्न ? अथवा देखेर पनि नदेखेजस्तो गर्नुहन्छ ?” व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा समितिका सभापति रवीन्द्र अधिकारी, सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तमाङसँग सांसद रामकुमार भट्टराईसित सो प्रश्नको उत्तर खोजे । तर उनीहरुले सहज रुपमा सांसद भट्टराईको प्रश्नको उत्तर दिएनन् । मुसुक्क हाँसिमात्रै दिए । कास्की निवासी सभापति अधिकारी प्रायः आफ्नो गृह जिल्ला जाँदा सोही मार्गबाट आवतजावत गर्छन् । अहिले कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कम्तीमा चार घन्टाको समय लाग्ने गर्दछ । कलङ्की–नागढुङ्गा सडक विस्तार कार्य सुस्त रुपमा चलेका कारण घन्टौँ सवारीका साधन जाममा पर्ने गर्दछ । उसो त कलङ्की चोकमा सुरुङ मार्ग (अन्डरग्राउन्ड) निर्माण कार्य सुरु गर्न सडकलाई छेकबार लगाएपछि त सो मार्गबाट आवातजावत गर्नेले व्यहोर्नुपरेको सास्ती असाध्यै कष्टप्रद छ । सांसद भट्टराईले प्रश्न गरे, “जेठा दाइको त भाङ्ग्राको गति अरु भाइको के गति ? राजधानी भित्रिने सडकको त यो गति छ, कहिले भत्काएर सकिन्छ र कहिले बनिसक्ला ? लौन यसको उत्तर कुन निकायसित होला ?” रसुवागढी सडक, पोखरा बेनी जोमसोम कोरला सडक, अरनिको राजमार्ग, कर्णाली करिडोर, चैनपुर ताक्लाकोट सडक, हुलाकी राजमार्गलगायतका सडकको विद्यमान अवस्थाका बारेमा छलफल गर्न विकास समितिको बैठकको कार्यसूचीे तय गरिएको थियो । बैठकमा सहभागी अधिकांश सांसदले राजधानीको जोड्ने नागढुङ्गा कलङ्की सडक विस्तार कार्य छिटो पूरा गर्न, राजधानीका अधिकांश सडकको अवस्था पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलो उडेर हिँडिनसक्नु अवस्था किनारा लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्य मोहन बानियाँले सडक निर्माण तथा विस्तार कार्य सुरु गर्नुपूर्व यसको समयावधि तोकिनुपर्ने र निर्धारित समयसीमाभित्र पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने विचार व्यक्त गरे । समितिका अर्का सदस्य प्रकाश शर्माले माटो काटेर बाटोको भुक्तानी दिने प्रवृत्तिलाई सडक विभागले रोक्न र सडकको गुणस्तरीयतामा ध्यान दिन सुझाव दिए । अर्का सदस्य जनार्दन ढकालले पासाङ राजमार्गमा जोडिएका दायाँ बायाँ जमिनको मुआब्जा दिन माग गर्दै बहुवर्षीय सडक ठेक्कापट्टासम्बन्धी नीतिलाई स्पष्ट गर्नुपर्ने बताए । बैठकमा समितिका सदस्यहरु गणेशसिंह ठकुन्ना, रञ्जना सरकार, चीनकाजी श्रेष्ठ, आङ्दवा शेर्पाले आफ्ना निर्वाचन क्षेत्रमा पर्ने सडकमा बजेटको अभाव रहेको गुनासो गरेका थिए । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले मन्त्रालयले टनेल सडक, एक्सप्रेक्स सडक, मृत्युविहीन सडक, सुविधा सम्पन्न सडक, रेल यातायातमा ध्यान दिएको जानकारी दिए । सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्कीले विसं २०५० मा भएका इञ्जिनियर (प्राविधिक जनशक्ति)ले सडक निर्माणमा काम गर्नु परिरहेको गुनासो व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending