Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नगरपालिकाको अनुमतिबीना नै एनसेल कम्पनीको दादागिरी

\"1\"भैरहवा, ७ कात्तिक । एनसेल कम्पनीले सिद्धार्थनगर नगरपालिकाको बर्मेलीटोल देखि पवन होटल सम्ममा अप्टिकल फाइबर (तार) बिछ्याउँदा खनेको सडक पेटी मर्मत नहँुदा उक्त सडकमा आवत जावत गर्न कठिनाई भएको छ । डेढ महिना अघिदेखि खनीएको सडकपेटी समयमा सम्पन्न हुन नसक्दा पैदल यात्रुलाई हिँडडुल गर्न देखि व्यापरीहरुलाई व्यवसाय गर्न समेत असहज भएको छ । नगर भित्र कुनै काम गर्न नगरपालिकाको अनुमति बिना कुनै काम गर्न पाईँदैन तर एनसेल कम्पनीले सिद्धार्थनगरपालिका भित्र नगरको अनुमति बिना आफ्नो अप्टिकल फाइबर (तार) बिछाएको छ । एनसेल कम्पनी भैरहवाका क्षेत्रको कन्ट्रक्सन लिएका धुब्र खड्का भन्छन्– नगरपालिकालागि आफूहरुले पटक पटक लिखित रुपमा पत्र एक वर्ष अगाडि देखि दिँदा सम्म कुनै प्रतिक्रिया नआएकोले आफूहरुले सेवा बिस्तारकालागि तार बिछाएको बताए । नगरपालिका लागि लिखित रुपमा पटक– पटक तथा मौखिक रुपमा अनुमति माग्दा हाम्रा कुरा मानेन जनतामा सेवा पु¥याउँने सञ्चार क्षेत्रमा खेलवाड भयो । हामीले के गर्नु पर्छ ? सोध्यौ तर जवाफ नदिएपछि हाम्रो काम अगाडि बढायौं । तर सिद्धार्थनगर नगरपालिका योजना शाखा टिम लिडर ज्ञनलाल चौधरी भन्छन्– हामीले अनुमति दिएका थिएनौं एलसेल कम्पनीले मनोमानी रुपमा नगरको सडकपेटी भत्काएर तार बिछ्यो, हामीले त्यो खाडल पुर्दैनौं । जसले भत्काएको छ उसैले बनाउँछ । नगरभित्र आएर दादागिरी देखाएर काम गर्छ भने हामीले के गर्ने नगरपालिकामा २५ लाख धरौटी जम्मा गर्न भएका थियौं, नगरपालिका प्रशासन प्रमुखले त्यो धरौटी तिराउनु पर्ने ? नगरपालिकामा इन्जिनियर यमलाल पाण्डे भन्छन्– एनसेल कम्पनीले मनोमानी नगरको सडक भत्काउने काम ग¥यो ? हामीले अनुमति दिएका थिएनौं । नगरपालिका भित्र काम गर्दा नगरले तोकेको ठाउँमा गर्नु पर्छ तर एनसेल कम्पनीले मनोमानी गर्नु गलत कार्य हो । बुद्धिजिबी भन्छन्– नगरपालिकाले बेवास्ता गरेका कारण सर्वसाधारण जनताले सास्ती खेप्नु परेकोछ । नगरभित्र यति लामो पेटी खन्दा समेत नगरपालिका मुखदर्शक बनेर बस्नु नगरपालिकाले जनतामाथि गरेको खेलवाड हो । नगरपालिकाले एडिविको लगानीमा बनेका ढल तथा नाला निर्माणमा पनि गैरजिम्मेवारीपना देखाएर कतै नाला साँगुरो बनाउने ? कतै गुणस्तरहीन सामाग्री प्रयोग गरेर सडक तथा पुल निर्माण गर्ने कार्य गरेका कारण जनताले समस्या भोग्नु परेको छ । बर्षादको समयमा नगर डुबानमा पर्छ नालाबनाउँदा ध्यान दिनुपर्ने त्यसमा नगरपालिकामो चरम लापरवाही रहेको छ । सडकको दुवैतिर खानेपानी पाइप बिछ्याउने योजना नगरपालिकाको हो । एनसेल कम्पनीलाई धरौटी जम्मा गर्न अनुरोध गर्दा धरौटी रकम जम्मा नभएपछि इजाजत दिएका थिएनौं । एनसेलले बिना इजाजत कार्य गरे पछि कम्पनीका सामान र मानिसलाई पक्राउ गरि धरौटी जम्मा गर्न लगाएका थियौं अहिले सम्म कम्पनी बेखबर छ सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताए । एकिकृत सहरी विकास अन्तर्गत नारायणपथ सडक खण्डको दायाँ बायाँ दुवै तिर खानेपानीको पाइप बिछ्याउने योजना नगरपालिकाको रहेको छ तर योजना भए पनि नगरपालिकाले सो कामले गति लिन सकेको छैन । अहिले एनसेल कम्पनी र नगरपालिकाले एक आपसमा आरोप प्रत्यारोप लगाउने गरेका छन् । नगरपालिकाले अनुमति मागे पछि उचित ठाउँमा विकास निर्माणका कार्यमा सघाउनु पर्ने ? वर्ष दिन बित्दा सम्म काम हुन्छ हुन्छ भन्ने तर कहिले हुन्छ ? वा हुँदैन भन्ने समेत निश्चित नगर्ने गर्दा नगरभित्र यस्ता विकास निर्माणका कार्य सम्पन्न गर्न सकेको छैन । उता एनसेल कम्पनीले पनि पटकपटक राजश्व छलि गरेको घटना पनि बाहिरिएका छन् । सिंगो देशको राजश्व सम्म छल्न पछि नहट्ने कम्पनीले नगरपालिका भित्र आएर सडकपेटी नबनाइनु पहिले देखी गर्दै आएको दादागिरी नै हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending