Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

महाभियोग प्रस्ताव संसदमा प्रस्तुत गरिँदै

\"sadan-samsad-bicc-750\" काठमाडौं, ७ कात्तिक । अख्तियार दुरुपयोग अनसुन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव आइतबार सदनमा प्रस्तुत हुँदैछ । आइतबार बस्ने ब्यवस्थापिका संसदको बैठकमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । यसअघि विहीबार नै प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि भए पनि विहीबारको बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो । दलहरुबीच छलफल गरी सहमति गर्नका लागि दलहरुकै आग्रहमा सभामुख ओनसरी घर्ती संसद बैठक स्थगित गरेकी थिइन् । दलहरुबीच छलफल र सहमतिका लागि संसद बैठक स्थगित गरिए पनि तीन दिनसम्म दलहरुबीच छलफल र सहमति हुन सकेन । प्रमुख दलहरुबीच महाभियोगबारे साझा धारणा बन्न नसकेकै कारण आइतबार पनि प्रक्रिया अघि बढ्ने सम्भावना न्यून छ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल एमालेका गरी १ सय ५७ जना सांसदको हस्ताक्षरसहित लोकमानविरुद्धको महाभियोग प्रस्ताव संसदमा दर्ता गरिएको छ । संसद नियमावलीअनुसार अबको बैठकमा प्रस्तुत हुने महाभियोग प्रस्तावमाथि सभामुखले तोकेको समयावधिसम्म सामान्य छलफल हुनेछ । उक्त प्रस्तावबारे सिफारिस समितिले कार्य प्रारम्भ गरेको तीस दिनभित्र सदनमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ । एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदको हस्ताक्षरमा दर्ता भएको महाभियोग पारित हुन संसदको दुई तिहाइ मत आवश्यक पर्दछ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले महाभियोग प्रस्तावमा सघाउने नसघाउने अहिलेसम्म कुनै निर्णय गरेको छैन । संविधानको धारा १०१ (उपधारा २) र संसद नियमावलीको नियम १६८ मा संविधान र कानुनको गम्भिर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमान्दारीपूर्वक आफ्ना पदीय कर्तव्यको पालना गरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेका आधारमा संवैधानिक निकायका प्रमुख वा सदस्यविरुद्ध महाभियोग लगाउन सकिने उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending