Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

निषेधित क्षेत्रमा भिड गरेको आरोपमा पूर्व संसद, मानवअधिकारकर्मीसहित १५ जना पक्राउ

\"प्रहरीले काठमाडौ, ६ कार्तिक । विश्वनाथ गौतमको रिहाइको माग गर्दै वालुवाटार स्थीत प्रधानमन्त्री कार्यालय अगाडि धर्नामा बस्न खोजे पछि प्रहरीले मानवअधिकारकर्मि र पुर्व संसद् सहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौतम पुत्रीहरु दीपा गौतम,बिन्दीला गौतम,पुर्व संविधान सभा सदस्य यशोदा अधिकारी, नेपाल मानव अधिकार संगठनका केदार बस्नेत, लगाएत पवित्रा गौतम, बालकृष्ण अधिकारी, पोषण अधिकारी, दिप कोइराला, इन्द्र गेला, बैकुण्ठ घिमीरे, कल्पना घिमीरे र दिप्ती गौतमलाई पक्राउ गरेको हो । मानवअधिकारकर्मि बस्नेत धर्ना कार्यक्रममा बोलाएकाले उनीहरुको विषयमा जानकारी लिनकालागि त्यहाँ जाने क्रममा प्रहरी पक्राउ गरेको थियो भने पूर्व सस्द अधिकारीलाई उनीहरुको कार्यक्रम बारे बुझ्ने क्रममा पक्राउ परेका हुन । गौतमका समर्थकहरु उनी निर्दोस रहेको र ठगि गर्ने कम्पनि मालीकलाई बिकारबाही नगरी काम गर्ने कर्मचारीलाई जेल हाल्नु राज्यले गम्भिर अन्याय गरेको बताउदै उनको रिहाइका लागि एक महिना देखि अनसन बस्दै आएका छन । गौतम समर्थकहरुले उनी निदोर्ष रहेको भन्दै आज प्रधानमन्त्री निवास वालुवाटार अडाडि धर्ना बस्ने कार्यक्रम आयोजना गरेका थिए । निषेधीत क्षेत्रमा भिड गरेको भन्दै कमल पोखरी प्रहरीवृतका डिएसपी महेश थापाले उनीहरुलाई पक्राउ गरेको बताएका हुन । गौतम पुत्री बिन्दीला गौतमले खबरडबलीसँग भनीन, –‘हाम्रो शान्तिपूण धर्नाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी १५ जनालाइ पक्राउ गरेको छ, यो राज्यले स्वतन्त्र नागरिकको विरोध गर्न पाउने अधिकार प्रतिको हस्तक्षप हो ।’ विश्वनाथ गौतमलार्इ युनिटी लाइफको ठगि प्रकरणमा आरोपीत भन्दै राज्यले विगत ६ बर्षदेखि जेल सजाय दिदै आएको छ । गौतमका परिवारजन भने उक्त घटनामा कम्पनीको मालीकलार्इ राज्यले उन्मुक्ती दिएर कर्मचारीलार्इ कार्वाही गरेको भन्दै उनको रिहार्इको लागि एक महिना देखी संविधान सभा अगाडिको सडकमा धर्ना बस्दै आएका छन । उनका परिवारले विभिन्न कागजातहरूका आधारमा गौतम निर्दोष देखाएको भन्दै उनलार्इ राज्यले शक्तिको दुरूपयोग गर्दै फसाएको आरोप लगाउदै आएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending