Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नेपाल अहिले शान्ति, स्थिरता र सभ्यताको पथमाः राष्ट्रपति

\"bidhya-bhandari\" राजविराज ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल अहिले शान्ति, स्थिरता र सभ्यताको पथमा अगाडि बढेको बताएकी छन् । सप्तरीको छिन्नमस्ता गाबिसस्थित प्रसिद्ध छिन्नमस्ता भगवतीको दर्शन र विशेष पुजापाठ तथा मन्दिर परिसरमा हुने लक्ष्यचण्डी रुद्र महायज्ञको हवन कुण्डको शिलान्यासपछि आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल अहिले शान्ति, स्थिरता र सभ्यताको पथमा अगाडि बढेको बताएकी हुन् । समारोहमा राष्ट्रपति भण्डारीले धार्मिक, साँस्कृतिक र जातीय विविधताले भरिपूर्ण नेपालका प्रत्येक नागरिक कुनै पनि भेदभाव नराखी शान्ति एवम् मानवकल्याणमा लाग्नुपर्ने बताइन् । उनले दुई दशकदेखि मुलुकमा विद्यमान अस्थिरता, भेदभाव र द्वन्द्वले कसैलाई हित नहुने हँुदा त्यसलाई त्यागी सबैले विकासको बाटो अपनाउनुपर्नेमा जोड दिइन् । समारोहअघि राष्ट्रपति विद्यादेवी भण्डारीले छिन्नमस्ता गाविसमा रहेको छिन्नमस्ता भगवती मन्दिरमा विशेष पूजापाठ गरेकी थिइन् । उनले मन्दिर परिसरमा रहेका शिव, नारायण तथा हनुमान मन्दिरमा पनि पूजाअर्चना गरिन् । सो अवसरमा राष्ट्रपतिद्वारा मन्दिरका पीठाधीश महाकान्त ठाकुरबाट टीका र प्रसाद ग्रहणसमेत गरिन् । मन्दिरको पूजापछि राष्ट्रपति भण्डारीले मन्दिर परिसरमा राष्ट्रिय शान्ति मानवकल्याण हेतु नेपालमा प्रथम पटक हुन लागेको एक हजार आठ लक्ष्यचण्डी रुद्रमहायज्ञको मण्डप शिलान्यास गरेकी थिइन् । समारोहमा मन्दिरका पीठाधीश ठाकुर र छिन्नमसता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवले राष्ट्रपतिको स्वागत गर्दै अभिनन्दनपत्र चढाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending