Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

महाअभियोगबारे कांग्रेसमा छलफल जारी

\"Nepali-Congress-Office-NC\"काठमाडौं, ६ कात्तिक । शिविरको छानबिन हुन थालेपछि महाअभियोग : मोहन बस्नेत अख्तियारले लडाकु शिविरको अनियमितताबारे छानबिन सुरु गर्न थालेपछि हतारहतार महाअभियोग प्रस्ताव आएको छ । यो योजनामा अघि बढे कांग्रेसलाई फाइदा हुन्न, पार्टी फस्छ । सत्तापक्ष माओवादी अचानक प्रतिपक्षसँग मिल्यो : एनपी साउद हामीले माओवादीसँग मिलेर सरकार बनायौँ, तर माओवादीले अचानक प्रतिपक्षसँग मिलेर प्रस्ताव ल्याएको छ । गठबन्धनलाई कमजोर बनाउने प्रयास भएको छ, त्यसैले हामीले हतार नगरौँ । लडाकु शिविरलाई केन्द्रमा राखेर छलफल नगरौँ : सभापति देउवा शिविरमा छानबिन थालेपछि माओवादीले प्रस्ताव ल्याएको हो भनेर हामीले यहाँ छलफल नगरौँ । माओवादी हाम्रो सहकर्मी हो, उसैमाथि अविश्वास गरेर छलफल गर्दा राम्रो सन्देश जाँदैन । मुद्दाबारे प्रधानन्यायाधीशले अन्तर्वार्ता किन दिनुभयो ? : शेखर कोइराला नियुक्तिकै वेला हामीले नेताहरूलाई भेटेर लोकमानको विरोध गरेका थियौँ । तर, नेताहरूले हामी साना मान्छेको कुरा सुन्नुभएन । नयाँ संविधानअनुसार संवैधानिक निकायका पदाधिकारीले पुनर्नियुक्ति लिने व्यवस्था गर्नुपर्छ भनेर पनि मैले भनेको हुँ । तर, त्यो पनि नेताहरूले सुन्नुभएन । तर, अहिले नाटकीय रूपमा किन महाअभियोग प्रस्ताव आयो भन्नेमा हामी चनाखो हुनुपर्छ । अदालतमा मुद्दा चलिरहेको विषयमा प्रधानन्यायाधीशले किन बिबिसीलाई अन्तर्वार्ता दिनुभयो ? एनजिओको लगानीमा सर्वोच्च अदालतको आयोजनामा राष्ट्रपतिलाई प्रमुख अतिथि राखेर नेपाल प्रहरीलाई अपमान गर्ने नाटक किन प्रस्तुत गरियो रु त्यसैले म भन्छु, यो सामान्य योजना होइन । विधिको शासन मान्ने हो भने कांग्रेसले अहिले हतारमा निर्णय गर्नुहुन्न । संसदीय दलको बैठकले मात्र निर्णय गर्नुपर्छ : दिलेन्द्र बडू महाअभियोग प्रस्ताव निश्चित व्यक्तिलाई मात्र लक्षित गरेर ल्याइएको छैन । यो वर्तमान समीकरण पनि तोड्ने षड्यन्त्रमा आएको हो । यो संसद्को विषय भएकाले संसदीय दलको बैठक बोलाउनुपर्छ । कल्याण श्रेष्ठको घरमा बैठक बस्नेको योजना : आनन्द ढुंगाना कल्याण श्रेष्ठको घरमा बैठक बस्ने समूहले नै योजना बनाएर यो प्रस्ताव ल्याएको हो । हामीले हतार गर्नुहुन्न, संसदीय दलको बैठकपछि निर्णय गर्नुपर्छ । (विमलेन्द्र निधिले बिहीबारको बैठकमा बोल्ने क्रममा कल्याण श्रेष्ठको घरमा केही समयअघि एमालेका नेता र अख्तियार प्रमुखबीच बैठक बसेको प्रसंग ल्याएका थिए ।) एमाले नेताहरूले कांग्रेस र माओवादीका नेताहरूलाई पनि कारबाही सुरु गर्न अख्तियार प्रमुखलाई अनुरोध गरेको र सो अनुरोध कार्यान्वयन नभएपछि एमालेले महाअभियोगको योजना बनाएको उनको भनाइ थियो। महाअभियोग समितिमा गडबड भयो : फरमुल्लाह मन्सुर संसद्को महाअभियोग सिफारिस समितिमा एमालेका चारजना र कांग्रेसका पनि चारजना सदस्य कसरी भए रु अब कांग्रेससँग चारजना छन्, एमाले र माओवादीसँग ६ जना भए । कांग्रेस ठूलो दल हो, तर समितिमा न्यायिक प्रतिनिधित्व नहुनु कमजोरी भयो । नयाँ पत्रिकामा खबर छ ।   
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending