Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

महाअभियोगबारे कांग्रेसमा छलफल जारी

\"Nepali-Congress-Office-NC\"काठमाडौं, ६ कात्तिक । शिविरको छानबिन हुन थालेपछि महाअभियोग : मोहन बस्नेत अख्तियारले लडाकु शिविरको अनियमितताबारे छानबिन सुरु गर्न थालेपछि हतारहतार महाअभियोग प्रस्ताव आएको छ । यो योजनामा अघि बढे कांग्रेसलाई फाइदा हुन्न, पार्टी फस्छ । सत्तापक्ष माओवादी अचानक प्रतिपक्षसँग मिल्यो : एनपी साउद हामीले माओवादीसँग मिलेर सरकार बनायौँ, तर माओवादीले अचानक प्रतिपक्षसँग मिलेर प्रस्ताव ल्याएको छ । गठबन्धनलाई कमजोर बनाउने प्रयास भएको छ, त्यसैले हामीले हतार नगरौँ । लडाकु शिविरलाई केन्द्रमा राखेर छलफल नगरौँ : सभापति देउवा शिविरमा छानबिन थालेपछि माओवादीले प्रस्ताव ल्याएको हो भनेर हामीले यहाँ छलफल नगरौँ । माओवादी हाम्रो सहकर्मी हो, उसैमाथि अविश्वास गरेर छलफल गर्दा राम्रो सन्देश जाँदैन । मुद्दाबारे प्रधानन्यायाधीशले अन्तर्वार्ता किन दिनुभयो ? : शेखर कोइराला नियुक्तिकै वेला हामीले नेताहरूलाई भेटेर लोकमानको विरोध गरेका थियौँ । तर, नेताहरूले हामी साना मान्छेको कुरा सुन्नुभएन । नयाँ संविधानअनुसार संवैधानिक निकायका पदाधिकारीले पुनर्नियुक्ति लिने व्यवस्था गर्नुपर्छ भनेर पनि मैले भनेको हुँ । तर, त्यो पनि नेताहरूले सुन्नुभएन । तर, अहिले नाटकीय रूपमा किन महाअभियोग प्रस्ताव आयो भन्नेमा हामी चनाखो हुनुपर्छ । अदालतमा मुद्दा चलिरहेको विषयमा प्रधानन्यायाधीशले किन बिबिसीलाई अन्तर्वार्ता दिनुभयो ? एनजिओको लगानीमा सर्वोच्च अदालतको आयोजनामा राष्ट्रपतिलाई प्रमुख अतिथि राखेर नेपाल प्रहरीलाई अपमान गर्ने नाटक किन प्रस्तुत गरियो रु त्यसैले म भन्छु, यो सामान्य योजना होइन । विधिको शासन मान्ने हो भने कांग्रेसले अहिले हतारमा निर्णय गर्नुहुन्न । संसदीय दलको बैठकले मात्र निर्णय गर्नुपर्छ : दिलेन्द्र बडू महाअभियोग प्रस्ताव निश्चित व्यक्तिलाई मात्र लक्षित गरेर ल्याइएको छैन । यो वर्तमान समीकरण पनि तोड्ने षड्यन्त्रमा आएको हो । यो संसद्को विषय भएकाले संसदीय दलको बैठक बोलाउनुपर्छ । कल्याण श्रेष्ठको घरमा बैठक बस्नेको योजना : आनन्द ढुंगाना कल्याण श्रेष्ठको घरमा बैठक बस्ने समूहले नै योजना बनाएर यो प्रस्ताव ल्याएको हो । हामीले हतार गर्नुहुन्न, संसदीय दलको बैठकपछि निर्णय गर्नुपर्छ । (विमलेन्द्र निधिले बिहीबारको बैठकमा बोल्ने क्रममा कल्याण श्रेष्ठको घरमा केही समयअघि एमालेका नेता र अख्तियार प्रमुखबीच बैठक बसेको प्रसंग ल्याएका थिए ।) एमाले नेताहरूले कांग्रेस र माओवादीका नेताहरूलाई पनि कारबाही सुरु गर्न अख्तियार प्रमुखलाई अनुरोध गरेको र सो अनुरोध कार्यान्वयन नभएपछि एमालेले महाअभियोगको योजना बनाएको उनको भनाइ थियो। महाअभियोग समितिमा गडबड भयो : फरमुल्लाह मन्सुर संसद्को महाअभियोग सिफारिस समितिमा एमालेका चारजना र कांग्रेसका पनि चारजना सदस्य कसरी भए रु अब कांग्रेससँग चारजना छन्, एमाले र माओवादीसँग ६ जना भए । कांग्रेस ठूलो दल हो, तर समितिमा न्यायिक प्रतिनिधित्व नहुनु कमजोरी भयो । नयाँ पत्रिकामा खबर छ ।   
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending