Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विदेशी विश्वविद्यालयको सम्बन्धन तत्काल रोक्न संसदीय समितिको निर्देशन

[caption id=\"attachment_82344\" align=\"alignleft\" width=\"455\"]\"सिंहदरबार सिंहदरबार[/caption] काठमाडौँ, ४ कात्तिक । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने कार्य तत्काल रोक्न निर्देशन दिएको छ । समितिको आजको बैठकले उच्च शिक्षाको समग्र व्यवस्थापन र सुधारका लागि एक उपसमिति गठन गर्ने निर्णय गरेकाले त्यसको प्रतिवेदन नआउन्जेलसम्मका लागि विदेशी शिक्षण संस्थाका सम्बन्धन रोक्न निर्देशन दिएको हो । यो निर्णयले यसअघि सम्बन्धन पाइसकेका संस्थालाई भने कुनै बाधा गर्ने छैन । जथाभावी रुपमा सम्बन्धन दिइएको तथा महँगो शुल्क लिइएको गुनासो आएपछि समितिले त्यसबारे अध्ययन गर्ने भएको हो । समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिले सो समितिलाई दिने प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयलाई थप निर्देशन दिने बताए । नवगठित ११ सदस्यीय शिक्षा उपसमितिमा डा गणेशमान गुरुङ, डा बाबुराम पोखरेल, उमेश श्रेष्ठ, श्रीमाया थकाली, निशा साह, शारदा पौडेल, तेजूलाल चौधरी, रामहरि सुवेदी, लक्ष्मण राजवंशी, आनन्दीदेवी पन्त र बद्री पाण्डे रहेका छन् । उपसमितिले १५ दिनभित्र प्रतिवेदन दिनुपर्नेछ । समितिले स्वास्थ्य क्षेत्रका लागि बुधबार अलग्गै उपसमिति गठन गरेको थियो । समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री धनीराम पौडेलले नयाँ संविधान बमोजिम उच्च शिक्षा ऐन संसद्मा पेस गर्ने तयारी भएको, समग्र शिक्षाको नीति तर्जुमाका लागि उच्चस्तरीय आयोग गठन प्रक्रिया अन्तिम चरणमा पुगेको, शिक्षा नियमावली संशोधनबारे सरोकारवालाको सुझाव मागिएको बताए । उनले आफूले समग्र शिक्षा क्षेत्रको सुधारका लागि १९ बुँदे कार्ययोजना सार्वजनिक गरी काम अघि बढाएको पनि जानकारी दिए । सांसदहरुले उच्च शिक्षा ऐनको ढिलाइ, विश्वविद्यालयबीचको विवाद, उच्च शिक्षाको गुणस्तरबारे अनुगमन नभएको विषयमा ध्यानाकर्षण गराएका थिए । मन्त्रालयका उच्च शिक्षा तथा प्राविधिक शिक्षा महाशाखाका प्रमुख डा तुलसीप्रसाद थपलियाले विद्यालय तहदेखि उच्चशिक्षासम्म प्राविधिक धारलाई जोड्ने र प्राज्ञिक अनुगमन तथा समन्वयको भूमिका बढाउने प्रणाली विकसित गरिने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending