Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

लोकमानविरुद्धको महाभियोग प्रस्तावमाथि आजैदेखि छलफल

\"lokman-singh-karki-750\"\"lokman-singh-karki-750\" काठमाडौं, ४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव तिहारपछि मात्रै निर्णयार्थ प्रस्तुत हुने भएको छ । व्यवस्थापिका संसदको विहीबारको बैठकमा दर्ता हुने उक्त महाभियोग प्रस्ताव बुधबार एमाले र माओवादी केन्द्रका १५७ सांसदले संसद सचिवालयमा दर्ता गराएका थिए । सभामुख ओनसरी घर्तीसहितको संसदको एउटा टोली शुक्रबार स्वीटजरल्याण्ड गई कात्तिक १२ गते मात्रै फर्किने भएकाका छन् । कात्तिक १३ गतेदेखि हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको सार्वजनिक विदा परेकाले लोकमानविरुद्धको महाभियोग प्रस्ताव तिहारपछि निर्णयार्थ प्रस्तुत हुने भएको हो । लोकमानविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको सूचना संसद सचिवालयले सम्बन्धित सबै ठाउँमा पठाएसँगै कार्की निलम्बित भइसकेका छन् भने उक्तको ठाउँमा कार्यबाहक प्रमुखको जिम्मेवारी दीप बस्नेत सम्हाल्दैछन् । अख्तियारका प्रमुख आयुक्त कार्कीविरुद्ध परेको महाअभियोग प्रस्तावमाथि संसदमा छलफलको प्रक्रिया विहीबारदेखि नै शुरु हुने भएको छ । बिहीबार संसदको पहिलो वैठक नियमित कार्यसूचिमा केन्द्रित हुनेछ भने दोस्रो वैठकमा महाभियोग प्रस्तावमाथि छलफल हुनेछ । छलफलको सुरुमा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसद शाहीले प्रस्ताव पेश गरेपछि बिभिन्न दलका सांसदले प्रस्तावमाथि आ–आफ्नो धारणा राख्नेछन् । छलफल सकिएपछि बुधबार गठन भएको महाअभियोग सिफारिस समितिले महाअभियोग लागेका कार्कीसँग बयान लिने लगायतको प्रक्रिया अघि बढाउनेछ । महाभियोग सिफारिस समितिले अख्तियार प्रमुख कार्कीलाई आफूमाथि लागेको आरोपबारे सफाइ पेश गर्ने मौकासमेत दिनेछ । सफाइ चित्त नबुझेमा वा सफाइ पेश नगरेमा समितिले महाभियोग लगाउन उपयुक्त रहेको राय संसदमा पठाउनेछ । समितिको रायपछि संसदमा महाभियोग प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु हुने बताइएको छ । संविधानको धारा १०१ को उपधारा २ अनुसार संसदमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाई बहुमतबाट प्रस्ताव पारित भएमा अख्तिया प्रमुख कार्की स्वतः पदमुक्त हुनेछन् । धारा १०१ को उपधारा २ मा ‘संविधान र कानूनको गम्भीर उलंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमान्दारीपूर्वक आफ्नो पदीय कर्तब्यको पालन गरेको वा आचारसंहिताको गम्भीर उलंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौंथाइ सदस्यले नेपालको प्रधानन्यायाधीस वा सर्वोच्च अदालतका न्यायाधीस, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्ने’ उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending