Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मृत्यु संस्कार सुधार अभियानमा माओवादी नेता

रसुवा,४ कार्तिक । मृत्युसंस्कार सुधार अभियानको वहस चलिरहेका बेला नेकपा माओवादी केन्द्र रसुवाका अध्यक्ष ईन्द्र गौतम जंगतजङलाइ साथ दिँदै उनका दाजुहरु फणिन्द्र प्रसाद गोतामे ,जगन्नाथ गोतामे र भीमप्रसाद गोतामेले आफ्ना पिता नन्दलाल गोतामेको काजक्रिया आठ दिनमा सम्पन्न गरेका छन् । रसुवा जिल्ला धैबुंग गाबिस धारापानीका स्थायी बासिन्दा गोतामे दाजुभाईले आठ दिनभित्र हिन्दु संस्कार अनुसार सबै बिधि पूरा गरी काजक्रिया सम्पन्न गरेकाहुन् । आठ दिनभित्र काजक्रिया सम्पन्न गरिएको रसुवा नुवाकोटमै यो पहिलो घटना हो । अभियानमा साथदिन गाउँ र वरपरका भद्रभलाद्मीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । काजक्रिया आठदिनमा पूरा गरेपछि फणिन्द्र प्रसाद गोतामेले हिन्दु धर्मप्रतिको अनास्थाका कारण नभई संस्कारमा सुधारको आवस्यकतालाई बोध गर्दै काजक्रिया छोट्टयाएको बताए । उनले पाँचदिनमा सम्पन्न गर्ने ईच्छा हुँदाहुँदै पनि प्राबिधिक कारणले आठ दिनमा टुंग्याउनु परेको भए पनि संस्कार सुधार अभियानमा आफुहरुको साथ रहने बताए । आफुहरुले संस्कार सुधार समाजको अभियानलाई व्यवहारिक रुपमै साथदिन पाँचदिनमै काजक्रिया सम्पन्न गर्न चाहेको भएपनि स्थानीय पुरोहितको साथ नपाउदा आठ दिनमा सम्पन्न गर्नुपरेको मृतकका कान्छी बुहारी ज्ञानु अर्याल गोतामेले बताइन । संस्कार सुधारको अभियानलाई साकार बनाउन सबैले व्यवहारिक रुपमा उतारेर अगाडि बढ्ने हिम्मत गर्नु पर्ने मृतकका अर्का छोरा भीम प्रसाद गोतामेले बताए । अभियानप्रतिको आफूहरुको ऐकेबद्धतालाई गाउँ, समाज र परिवारबाट साथ मिलेकोमा खुसि व्यक्त गर्दै उनले संस्कार सुधारमा भूमिका खेल्न पाएकोमा आफुहरुलाई गर्वको महसुस भएको बताए । उनले आठदिनमा काजक्रिया सम्पन्न गर्ने आफुहरुको निर्णय कुनै बाध्यात्मक नभई सचेतापुर्बक गरिएको समेत स्पष्ट पारे । मृतकका कान्छा छोरा एबं नेकपा माओबादी केन्द्र रसुवाका अध्यक्ष इन्द्र गौतम जगतजंगले मृत्यु पछी गरिने सस्कारलाई छरितो र व्यवस्थित बनाउन ब्यापक परिमार्जनको आवस्यकता रहेको भन्दै त्यसको सुरुवात आफुहरुले गरेको बताए । उनले मृत्यु पछी गरिने संस्कारलाई बैज्ञानिक बनाउन त्यसका नकारात्मक पक्षहरुलाई सुधार गर्दै जानुपर्ने बताए । बाबुले देखाएको राम्रो बाटोलाई पछ्याउदै उहाँका आदर्सलाई जीवन व्यवहारमा लागु गर्न सक्नु नै सच्चा काजक्रिया हुने भन्दै उनले संस्कारका नाममा हुने गरेका कुरीति र कुसंस्कारहरुलाई निरन्तरता दिननहुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending