Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

पदाधिकारी मनोनयन गर्न देउवालाई सकस

\"DEUBA\"काठमाडौं, ३ कात्तिक । सभापति निर्वाचित भएको दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था कांग्रेस विधानमा छ । तर, सभापति शेरबहादुर देउवाले निर्वाचित भएको सात महिनासम्म पनि पार्टीका विभिन्न निकायलाई पूर्णता दिन सकेका छैनन् । आन्तरिक समीकरण मिलाउन समस्या परेपछि उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयन गर्नसमेत देउवालाई सकस परेको छ । आजको नयाँ पत्रिकामा खबर छ– तीनपटक गरेर ११ केन्द्रीय सदस्य मनोनीत गरे पनि अझै १० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । दुई महिनाभित्रै गठन गर्नुपर्ने ३० विभाग, केन्द्रीय कार्यसम्पादन समितिजस्ता पार्टीका प्रमुख संयन्त्रलाई पनि पूर्णता दिन देउवाले सकेका छैनन् । पार्टी प्रवक्ता चयन गर्न पनि उनले ढिलाइ गरेका छन् । केन्द्रीय समिति बैठक विहीबारदेखि सुरु हुदैछ । सभापति देउवाले बैठकमा पदाधिकारी मनोनयन प्रस्ताव लैजाने सम्भावना कम छ । देउवाले यसअघि उपसभापति थाति राखेर अन्य पदाधिकारी मनोनयनको तयारी गरेका थिए । तर, नेता खुमबहादुर खड्काले उपसभापतिमा आश्वासन दिइएकाले आफूले पाउनुपर्ने दाबी गर्दै आएकाले उनलाई असन्तुष्ट बनाएर अन्य पदाधिकारी मनोनयनको प्रस्ताव देउवाले वैठकमा नलग्ने एक केन्द्रीय सदस्यले बताए । ‘उपसभापतिमा खुमबहादुरको दाबी कम भएको छैन । उपसभापति थाती राखेर महामन्त्री मात्र बनाउन पनि उनी तयारी हुँदैनन् । आफू नै उपसभापतिको दाबेदार रहनेले महामन्त्रीको प्रस्ताव पास हुन दिंदैनन्,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘केन्द्रीय समितिको निर्वाचित ६४ पदमा देउवा पक्षका ३६ र पौडेल पक्षका २८ सदस्य रहेकाले पदाधिकारी पास गर्न खुमबहादुर पक्षका केन्द्रीय सदस्य निर्णायक हुन्छन् ।’ केन्द्रीय समितिमा प्रस्ताव लैजाने प्रक्रिया एउटै भएकाले छुट्टाछुट्टै समयमा प्रस्ताव आउन गाह्रो रहेको ती सदस्य बताउँछन् । खुमबहादुर खड्का, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ उपसभापतिका प्रमुख दाबेदार हुन् । देउवाको पहिलो रोजाइ निधि छन् । तर, खड्का र श्रेष्ठ असन्तुष्ट हुने भएकाले उपसभापति पद थप्नेबारे देउवाले छलफल गरेका छन् । नेता रामचन्द्र पौडेल पक्ष भने यो विकल्पमा सकारात्मक छैन । निधि कांग्रेसको नेतृत्व गर्दै सरकारमा छन् । सरकार र पार्टीको जिम्मेवारी दिंदा थप असन्तुष्ट हुने र कार्यसम्पादन पनि प्रभावित हुने भएकाले देउवा अर्को सरकार गठन भएपछि मात्र उपसभापति मनोनयनको मनस्थितिमा छन् । उपसभापति केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक पनि हुने व्यवस्था छ । १३औँ महाधिवेशनमा आफूलाई सहयोग गरेका नेता खड्कालाई देउवाले उपसभापति बनाउने आश्वासन दिएका थिए । तर, भ्रष्टाचार कसुरमा सजाय काटेका उनलाई उपसभापति बनाउँदा आलोचना खेप्नुपर्ने बुझाइ देउवाको छ । महामन्त्रीमा पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की छन् । देउवाको प्राथमिकतामा कार्की छन् । अर्का नेता बालकृष्ण खाणले पनि महामन्त्रीमा दाबी गरेका थिए । तर, रक्षामन्त्री भएपछि उनलाई पदाधिकारीमा दाबी गर्न अप्ठ्यारो छ । सहमहामन्त्रीमा खुमबहादुर खड्कानिकट पुष्पा भुसाल, दलित समुदायबाट मानबहादुर विश्वकर्मा, पौडेल पक्षबाट आनन्द ढुंगाना, दिलेन्द्रप्रसाद बडूदेखि बलबहादुर केसीसम्मको दाबी छ । पौडेल पक्षलाई सहमहामन्त्री दिए पदाधिकारीमा दुई पक्षका तीन–तीनजना हुने देखिन्छ । त्यसैले सहमहामन्त्री नदिने पक्षमा देउवा छन्, तर पौडेल पक्ष पाउनुपर्ने अडानमै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending