Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

माटो र दाउराकाे समस्याले पेशानै संकटमा

काँकडभिट्टा (झापा),यहाँका कुमाल समुदायको भाँडा बनाउने पेसा कच्चा पदार्थको अभावमा सङ्कटमा परेको छ ।

कुमाल समुदायको जीविकोपार्जनको आयस्रोत नै भाँडा बनाउने हो । माटो र दाउरा नपाउँदा सो समुदाय मर्कामा परेको छ ।

झापा डाँगीबारीमा ४० घर परिवार कुमाल समुदायको बस्ती छ । स्थानीयवासी बास्कीनाथ पण्डितले राम्रो माटो इँटा व्यवसायीले चलाइदिनाले र महँगी बढ्दै गएकाले आफूहरू मारमा परेको बताए । प्लास्टिक, सिलावर र स्टिलका सामानको बढ्दो प्रयोगले पनि व्यवसाय सङ्कटमा परेको उनको भनाइ छ ।

डाँगीबारीका कुमालले झापाकै बाह्रदशी भन्ने स्थानबाट माटो ल्याउने गरेका छन् । एक ट्रिप माटाकोे उनीहरूले रु आठ हजार तिर्नुपर्छ । “खानै समस्या हुनेले कसरी यत्रो पैसा जुटाउने ?” तीन छोरा, बुहारी र तीन नाति नातिनीकी आमा बिजुलीले भनिन् । पन्ध्र वर्षका उमेरदेखि सो पेसा सुरु गरेको बताउँदै उनले अहिले यसबाट फाइदा हुन नसकेकाे गुनासेा गरिन् । उनले मासिक रु छ हजारदेखि आठ हजारसम्म कमाइ भए पनि माटो र दाउरा किन्दा नै पैसा सकिने बताइन् ।

“माटो ल्याउने ठाउँको जग्गा कसैको नम्बरी पर्यो अरे, माटो किन्नुपर्छ ।” स्थानीयवासी लक्ष्मण पण्डितले भने “महँगोमा माटो किनेर भाँडा बनाउने पैसा हामीसँग हुँदैन ।”

व्यवसायको अर्को ठूलो कठिनाइ दाउरा अभाव हो । प्रतिक्विन्टल रु एक हजारमा उनीहरूले दाउरा खरिद गर्ने गरेका छन् । करिब २५ किमी उत्तरतर्फको दहीझोडा जङ्गलबाट दाउरा ल्याउनुपर्ने उनीहरूको बाध्यता छ । भाँडा बनाउन लेस्याइलो माटो चाहिने बताउँदै उनीहरूले जहाँसुकैको माटो प्रयोग गर्न नसकिने बताए । कच्चा माटोको भाँडा बनाइसकेपछि त्यसलाई भट्टीमा राखेर पोल्नुपर्छ । उनीहरूले सुराही, घ्याम्पा, गमला, धुपौरो, पाला, खुत्रुके, गाग्रो, भिउँट, आरीलगायत सामान माटाबाट बनाउने गरेका छन् ।

अझैसम्म मोरङदेखि पाँचथरसम्मका मानिस भाँडा लिन कुमाल बस्ती नै पुग्ने गरेका छन् । माटो र दाउरा सहज रूपले पाउने हो भने प्लास्टिकका भाँडासँग प्रतिस्पर्धा गर्न सकिने उनीहरूको भनाइ छ । उनीहरुले मागअनुसार माटोको भाँडा उत्पादन गर्न नसकेको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending