Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

भारतीय राष्ट्रपतिलाई भव्य स्वागतको तयारी

\"pranab-mukherjee-the-president-of-india-will-not-cast-vote\"धनुषा, २ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा भव्य स्वागतको तयारी हुँदैछ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रपतिको जनकपुर भ्रमणको दिनमा सर्वसाधारणलाई आफ्नो घरबाट बाहिर निस्केर स्वागत तथा नेपाल भारतको संयुक्तरुपमा झन्डा फहराएर स्वागत गर्ने निर्णय गरिएको छ । जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने समेत निर्णय भएको छ । यसका लागि आआफ्नो स्तरबाट तयारी थाल्न समेत निर्णय भएको छ । बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईं, राजनीतिक दलका अतिरिक्त बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जनकपुर उपमहानगरपालिका, जिल्ला विकास समिति धनुषाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउन लाग्नुभएका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ । जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको बताइएको छ । यसअघि २०७१ मा नेपालमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उक्त ठाउँमा जान चाहनुभएको तर सुरक्षाको कारण देखाउँदै उहाँको भ्रमण रद्द गरिएको थियो । राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ सम्म नेपाल भ्रमणमा आउनुहुने भएको छ । यसअघि नेपालका राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भए पनि भण्डारीको भ्रमण एक्कासि स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो । यसैबीच, सत्ता परिवर्तन भएर बनेका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनेको हो । मुखर्जी जनकपुर आउने विषयमा केही साता पूर्व नै भारतीय अधिकारीले जनकपुर आएर विभिन्न स्थलको अवलोकन गरिसकेका थिए । सुरक्षा लगायतको विषयमा जानकी मन्दिरमा पुगेर स्थलगत अनुगमन समेत गरिसकिएको छ । राष्ट्रपति मुखर्जीले केही योजनाको शिलान्यास समेत गर्ने कार्यक्रम रहेको छ । उनी आएपछि जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरमा पूजापाठ पछि उहाँ नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने बताइएको छ । नागरिक अभिनन्दनपछि उन हुलाकी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending