Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सरकारका मन्त्रीले मुख खोले–एमालेको सहमतिबिना संविधान संशोधन हुन्न

\"shankhar_vandari\"कावासोती, २ कात्तिक । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारले नेकपा (एमाले)को सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताएका छन् । नवलपरासीको मध्यबिन्दु–२ कोल्हुवामा सोमबारदेखि सुरु भएको १२ औँ राइनो संरक्षण गोल्डकप–२०७३ को उद्घाटन कार्यक्रमका लागि आएका बेला नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । काँग्रेस र माओवादीबीच समान धारणा बनाएपछि मधेसवादी दलसँग छलफल गर्ने तयारी सरकारले गरेको समेत उनले बताए । सरकार र मधेसी दलबीच संविधान संशोधनको सहमति भएपछि त्यसको जानकारी एमालेलाई गराउने र सोही आधारमा संशोधन हुने वनमन्त्री भण्डारीले जानकारी दिनुभयो । एमालेले खोजेको औचित्य जुटाउन गृहकार्यमा सरकार रहेको पनि उनले बताएका छन् । संविधान कार्यान्वयन भनेको सरकारले स्थानीय, प्रदेश र राष्ट्रिय सभासहित केन्द्रको चुनाव गराउने हो हामी त्यो दायित्व पूरा गर्न लागिपरेका छौँ, मन्त्री भण्डारीले भने, –‘स्थानीय निर्वाचन यही संरचनाभित्र भएपनि गर्नुपर्छ ।’ स्थानीय तहको पुनःसंरचनाका विषयमा संवैधानिक आयोग र सरकारबीचको केही कुरा मिल्न बाँकी छ कुरा मिलेन भने पनि चुनाव गर्नुपर्ने उनको जिकिर छ । राइनो संरक्षण गोल्डकप प्रतियोगिताको उद्घाटन सत्रमा नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेलले संरक्षण र स्थानीय बासिन्दाको मागलाई सँगसँगै लैजानुपर्ने बताए । अर्का सांसद नवलपरासी क्षेत्र नं ५ का विक्रम खनालले संरक्षणको भावना युवामा ल्याउन खेल महत्वपूर्ण हुने बताए । कार्यक्रममा एमाले नेता तिलक महत, काँग्रेस नेता कृष्णचन्द्र नेपाली, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाललगायतले बोलेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending