Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

शिक्षक उधारोमा पढाउन बाध्य

\"teacher-750\"पाल्पा, २ कात्तिक । जुठापौवा गाविस–६, गोठानस्थित गोठान माध्यमिक विद्यालयमा दुई वडावासीले मासिक पैसा उठाएर शिक्षकलाई तलब खर्च जुटाउँदै आएका छन् । जिल्लाको दुर्गम जुठापौवा गाविस–६ र ७ का १७० घरपरिवारले मासिक रु २५० उठाएर मावि र निमावि तहका शिक्षकलाई तलब खर्च जुटाएर वडावासीले मावि सञ्चालन गर्दै आएका छन् । कक्षा १० सम्म पढ्न यहाँका बालबालिका दुईतीन घन्टा पैदल हिँडेर अन्यत्र जानुपर्ने बाध्यता भएपछि स्थानीयले तीन वर्षअघि गाउँकै विद्यालयलाई मावि तहको पढाइ सञ्चालन गरेपछि स्थानीयले शिक्षकलाई तलब खुवाउने समस्या थपिएको हो । मावि सञ्चालन भएपछि बालबालिकाले नजिकै पढ्न पाउने भएर खुसी बने पनि आर्थिकरुपमा कमजोर रहेका अभिभावकलाई प्रत्येक महिना पैसा उठाउन सास्ती भएको छ । अन्नबाली र पशुपक्षी पालन गरी बेचबिखनबाट केही आम्दानी हात परेपनि नुनतेलका लागि जोहो गर्नुपर्ने स्थानीयको बाध्यता रहेको छ । मावि तहको विद्यालय सञ्चालन गर्न थाले पनि यहाँका स्थानीयले मासिक २५० रुपैयाँ नियमित उठाउन थालेको जुठापौवा गाविस–६ का स्थानीय बासिन्दा लिलाबहादुर रास्कोटीले बताए । वडावासीले पैसा सङ्कलनबाट सञ्चालित विद्यालयको एसएलसीको नतिजा भने जुठापौवा स्रोत केन्द्रमा नै नमुना रहेको विद्यालयको दाबी छ । गाउँका साना बालबालिका जङ्गलको बाटो दुईतीन घन्टा पैदल हिँडेर अन्यत्र जाँदा समस्या हुन थालेपछि गाउँले पैसा उठाएर विद्यालय सञ्चालन गरे पनि अहिले नियमित रुपमा पैसा उठाउन समस्या देखिएको हो । प्रत्येक महिनामा विद्यालयमा वडावासी आएर पैसा उठाउँछन् । पहिला पहिला गाउँमा नै कक्षा १० सञ्चालन गर्नुपर्छ भन्दै नियमितरुपमा पैसा उठाउने गरेपनि पछिल्ला वर्षमा स्थानीयले नियमितरुपमा पैसा उठाउन समस्या भएको स्थानीय बासिन्दा तथा शिक्षक चिन्तामणि रास्कोटी बताउछन् । “पहिले झैँ पैसा उठ्न छोडेको छ, पछिल्ला महिनामा गाउँलेबाट उठ्ने पैसा १५ हजार देखि २० हजार रुपैयाँ मात्र हो,” शिक्षक रास्कोटीले भने । मगर र दलित समुदायका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा अहिले २५० भन्दा बढीले पढ्दै आएका छन् । विद्यालयमा प्राविमा पाँच जना दरबन्दी, दुई जना राहत, एक जना ‘पिसीएफ’का शिक्षक रहेका छन् । आधारभूत तहमा पाँचजना र माविमा तहमा एकजना गरी छजना शिक्षकलाई दुई वडाबाट घरधुरी अनुसार प्रत्येक महिना पैसा उठाएर तलब खुवाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक महेश पोखरेलले बताए । प्राविमा मात्र दरबन्दी रहेकाले निमावि र माविका शिक्षकलाई वडावासीले पैसा उठाई तलब खुवाउन समस्या हुँदै आएको हो । मावि सञ्चालन गर्न एकजना शिक्षक अभाव रहेपनि उनलाई १७ हजार ५ सय रुपैयाँ तलब समेत वडावासीले तोकिदिएका छन् । निमाविमा पढाउने शिक्षकले सात र आठ हजार रुपैयाँ तलबमा काम गर्दै आएका छन् । “सरकारले तोकेको भन्दा न्यून तलबमा काम गर्ने यहाँका शिक्षकले महिना बितेपछि तलब पाउँदैनन्, तलबका लागि वर्षदिन पनि कुर्नुुपर्छ,” प्रअ पोखरेलले भने, “उधारोमा समेत शिक्षक पढाउन बाध्य भएका छन् ।” नजिक भनिएका महाकाली मावि छहरा मेहलधाप र जुठापौवाको गौरी मावि पुग्न समेत बालबालिकालाई दुईतीन घन्टा जङ्गलको यात्रामा १२÷१३ वर्षका बालबालिका निस्कन समेत कठिन भएर गाउँमा चलाएको विद्यालय अहिले सञ्चालन गर्न मुस्किल हुन थालेको छ । शिक्षकलाई तलब खुवाउने चिन्ता वर्षभरि नै हुने प्रअलाई विद्यालयको भौतिक संरचना निर्माणको अर्को समस्या पनि उस्तै छ । विद्यालयको नयाँ कक्षाकोठा र शौचालयको समेत निर्माण गर्नुपर्ने भएपनि बजेट गाउँका स्कुललाई नपर्ने गरेको गुनासो छ । योग्य र सक्षम शिक्षकका लागि पूर्ण तलब आवश्यक पर्ने भएकाले सरकार र गैरसरकारी क्षेत्रबाट सहयोग गर्न सबैसँग प्रअको अनुरोध छ । सडक सुविधा, शिक्षा, सञ्चारलगायतका सुविधा प्रयोगबाट पनि यहाँका स्थानीय वञ्चित हुँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending