Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अख्तियार प्रमुख आयुक्त नियुक्ति विवाद, पत्रिकामार्फत म्यादको सूचना दिने तयारी

\"lokman-singh-karki\"काठमाडौं, १ कात्तिक । नियुक्ति वैधानिकताबारे जवाफ लेख्न सर्वोच्च अदालतले दिएको आदेशको म्याद बुझ्न अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र उनका परिवारले अस्वीकार गरेपछि सर्वोच्च अदालतले सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना निकाल्ने तयारी थालेको छ । म्याद बुझाउन पुगेको सर्वोच्च अदालतको टोलीलाई तेस्रोपटक पनि स्थानीय र कार्कीका आफन्तले अवरोध गरेपछि अदालत सार्वजनिक सञ्चारमाध्यममा ३५ दिने सूचना निकाल्ने तयारीमा जुटेको हो । आजको राजधानी दैनिकमा खबर छ–सोमबार तेस्रोपटक म्याद तामेलको प्रयासमा पनि वडा कार्यालय, घर बहालमा लिएर बस्ने व्यक्ति तथा कार्कीका आफन्तले असहयोग गरेपछि पत्रिकामा सूचना निकालेर म्यादको सूचना दिने तयारीमा जुटेको अदालत प्रशासन स्रोतले बतायो । उनको नियुक्तिलाई चुनौती दिँदै दायर रिट निवेदनलाई पुनः सुनवाइ गर्ने आदेश दिँदै अदालतले कार्कीसँग लिखित जवाफ मागेको थियो । अदालतको आदेशअनुसार बानेश्वरस्थित कार्की निवासमा पुगेको सर्वोच्च अदालतको टोलीलाई सोमबार पनि अवरोध गरिएको हो । कार्कीको घरमा भाडा लिएर बस्ने व्यक्ति र कार्कीका नातेदारले अदालतको म्याद टाँस गर्न नदिएपछि तामेलीका लागि पुगेको टोली म्याद नै नटाँसी फर्किएको छ । कार्कीलाई विपक्षी बनाई दायर रिटमा उनको ठेगाना बानेश्वर उल्लेख भएका कारण अदालतले सोही ठेगानामा म्याद तामेलको प्रक्रिया अघि बढाएको हो । प्रमुख आयुक्त कार्की विदेशमा भएका कारण उनलाई बुझाउन नसेकपछि अदालतका तामेलदारले घरमा म्याद टाँस गर्ने प्रयास गर्दै आएका छन् । तर, घर बहालमा बस्ने व्यक्तिले आफूहरू बहालमा रहेकाले टाँस गर्न नदिने बताएपछि अदालतबाट खटिएको टोलीले वडा कार्यालयको रोहवरमा सूचना टाँसको प्रयास गरेको थियो । वडा कार्यालयले समेत स्थानीयको दबाबका कारण असहयोग गरेपछि तेस्रोपटक अदालतका कर्मचारी कार्कीको घरमा म्याद टाँस गर्न असफल भएको हो । यसअघि सोही विवादसम्बन्धी दुईपटक कार्कीले सोही घरमा म्याद बुझेका थिए । उनी नियुक्ति हुनुअघि दायर एउटा रिट र नियुक्ति भइसकेपछि नियुक्ति बदरको माग गर्दै दायर अर्को रिटमासेमत कार्कीले बानेश्वरस्थित घरमै म्याद बुझेका थिए । तर, नियुक्ति सदर गर्ने अदालतको अघिल्लो निर्णय पुनरावलोकन हुने निर्णयपछि मागिएको जवाफको म्याद तामेलमा भने कार्की र उनका परिवारले अवरोध गर्दै आएका छन् । कार्कीको नियुक्ति बदरको माग गर्दै निवेदन दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार यसअघि दुई पटकसम्म कार्कीले सोही घरमै म्याद बुझेका थिए । तर, यसपटक पुनरावलोकन मुद्दा लम्ब्याउने मनशायका साथ म्याद बुझ्न र अदालतलाई सहयोग गर्न कार्कीले अस्वीकार गर्दै आएको उनको आरोप छ । कार्कीको घरमा म्याद टाँस गर्न पटकपटक अवरोध भए पनि सर्वोच्च अदालत प्रशासनले अहिलेसम्म प्रहरीको सहयोग मागेको छैन । उनको घरमा म्याद टाँस गर्न अवरोध भएको अवस्थामा प्रहरी र वडा कार्यालयको सहयोग लिनुपर्नेमा अदालतले वडा कार्यालयबाहेक प्रहरीसँग अहिलेसम्म सहयोग नमागेको अदालत प्रशासनको भनाइ छ । अदालतको म्याद बुझ्न अस्वीकार गरे या ठेगानामा सम्बन्धित व्यक्ति नभेटिए घरमा म्यादको सूचना टाँस गर्ने, वडा कार्यालय या सार्वजनिक स्थानमा मुचुल्का उठाएर सूचना टाँस गर्ने र सार्वजनिक सञ्चामाध्यममार्फत सूचना प्रकाशन गर्न सकिने कानुनी व्यवस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending