Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पर्यटकीय मौसममै सुनसान ठमेलका रेस्टुराँ

\"resturent-750\"काठमाडौँ, १ कात्तिक । मुख्य पर्यटकीय ९याम० मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् । विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको सङ्ख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन् । राजनीतिक अस्थिरता, पर्यटकीय पूर्वाधार र गुणस्तरको अभाव तथा मुलुकमा सिर्जित विभिन्नखाले विपत्तिका कारण पर्यटकको आवागमन कम भएकाले ठमेल क्षेत्रमा असर परेको व्यवसायी बताउँछन् । ‘थर्ड आई रेस्टुरेन्ट’ का सञ्चालकसमेत रहनुभएका पुराना व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठले विगतको तुलनामा यसपटक पर्यटकीय मौसममा पर्यटकको चहलपहल प्रायः सुनसान रहेको बताए । झन्डै ४० वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध श्रेष्ठको अनुभवमा ठमेलमा पर्यटकीय मौसममा यति धेरै सुनसान भएको पहिलोपटक हो । पर्यटकीय मौसमसँगै दसैँ, तिहार, छठलगायत महत्वपूर्ण पर्व पनि पर्ने भएकाले विगतका वर्षमा धेरै पर्यटक आउने गर्थे । अहिले खासगरी पदयात्रा, पर्वतारोहण, धार्मिकस्थल तथा प्राकृतिक सुन्दरताको अवलोकन तथा पर्वतीय उडानका लागि बढी पर्यटक आउने गर्छन् । ठमेल पर्यटन विकास परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका व्यवसायी श्रेष्ठले ठमेललाई साँच्चिकै पर्यटकीय क्षेत्र बनाउने हो भने सरकारले कडा नीति र आचारसंहिता बनाई आधारभूत भौतिक सुविधा पर्यटनमैत्री पूर्वाधार निर्माण, सडक, ढल, खानेपानीको व्यवस्थापन र भवन निर्माणमा एकरुपता कायम गर्न सक्नुपर्ने धारणा राखे । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले मुख्य पर्यटकीय मौसममा पर्यटकको चहलपहल केही बढेको भए पनि व्यापार भने सन्तोषजनक नरहेको बताए । पर्यटन बजार र पर्यटकीय प्रोडक्टबारे राम्रो प्रचारप्रसार नभएकै कारण पर्यटकको चहलपहल बढ्न नसकेको उनले उल्लेख गरे । ठमेलमा सबैखाले गरी चार हजार व्यवसायी र करिब एक हजार घरधनी रहेको बताइन्छ । यहाँ प्रत्यक्ष र अप्रत्यक्षरुपमा तीन लाखले रोजगारी पाएका छन् । ठमेलमा नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये ८० प्रतिशत पर्यटक पुग्ने गरेको परिषद्ले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending