Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

पर्यटकीय मौसममै सुनसान ठमेलका रेस्टुराँ

\"resturent-750\"काठमाडौँ, १ कात्तिक । मुख्य पर्यटकीय ९याम० मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् । विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको सङ्ख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन् । राजनीतिक अस्थिरता, पर्यटकीय पूर्वाधार र गुणस्तरको अभाव तथा मुलुकमा सिर्जित विभिन्नखाले विपत्तिका कारण पर्यटकको आवागमन कम भएकाले ठमेल क्षेत्रमा असर परेको व्यवसायी बताउँछन् । ‘थर्ड आई रेस्टुरेन्ट’ का सञ्चालकसमेत रहनुभएका पुराना व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठले विगतको तुलनामा यसपटक पर्यटकीय मौसममा पर्यटकको चहलपहल प्रायः सुनसान रहेको बताए । झन्डै ४० वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध श्रेष्ठको अनुभवमा ठमेलमा पर्यटकीय मौसममा यति धेरै सुनसान भएको पहिलोपटक हो । पर्यटकीय मौसमसँगै दसैँ, तिहार, छठलगायत महत्वपूर्ण पर्व पनि पर्ने भएकाले विगतका वर्षमा धेरै पर्यटक आउने गर्थे । अहिले खासगरी पदयात्रा, पर्वतारोहण, धार्मिकस्थल तथा प्राकृतिक सुन्दरताको अवलोकन तथा पर्वतीय उडानका लागि बढी पर्यटक आउने गर्छन् । ठमेल पर्यटन विकास परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका व्यवसायी श्रेष्ठले ठमेललाई साँच्चिकै पर्यटकीय क्षेत्र बनाउने हो भने सरकारले कडा नीति र आचारसंहिता बनाई आधारभूत भौतिक सुविधा पर्यटनमैत्री पूर्वाधार निर्माण, सडक, ढल, खानेपानीको व्यवस्थापन र भवन निर्माणमा एकरुपता कायम गर्न सक्नुपर्ने धारणा राखे । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले मुख्य पर्यटकीय मौसममा पर्यटकको चहलपहल केही बढेको भए पनि व्यापार भने सन्तोषजनक नरहेको बताए । पर्यटन बजार र पर्यटकीय प्रोडक्टबारे राम्रो प्रचारप्रसार नभएकै कारण पर्यटकको चहलपहल बढ्न नसकेको उनले उल्लेख गरे । ठमेलमा सबैखाले गरी चार हजार व्यवसायी र करिब एक हजार घरधनी रहेको बताइन्छ । यहाँ प्रत्यक्ष र अप्रत्यक्षरुपमा तीन लाखले रोजगारी पाएका छन् । ठमेलमा नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये ८० प्रतिशत पर्यटक पुग्ने गरेको परिषद्ले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending