Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

गणतन्त्रका राष्ट्रपतिको रवैया राजतन्त्रकालीन

काठमाडौं, राष्ट्रपति डा. रामवरण यादव राजतन्त्रकालीन सवारीको रवैया देखाउँदै चीनको एकसाताव्यापी भ्रमणमा निस्किएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ–गणतन्त्रकालीन राष्ट्रपतिलाई चीन जाने क्रममा एयरपोर्ट पुर्याउन राजधानीका मुख्य सडकहरु खाली गराउँदा सर्वसाधारणहरु तीन घण्टा घाममा टट्टिनुपर्यो । सार्वजनिक यातायातमा यात्रा गर्नेले हलचल नै गर्न पाएनन् । ‘गणतन्त्रकालीन राष्ट्रप्रमुखलाई विमानस्थल पुर्याउने चाँजो गर्दा राजतन्त्रकालीन रवैया दोहोरिएको देखिन्थ्यो । राष्ट्रपतिलाई बालुवाटार हुँदै छोटो बाटो प्रयोग गरी लान सकिन्थ्यो’ कान्तिपुर दैनिकमा उल्लेख छ, ‘तर, सवारी रुट बनाइयो–शितलनिवास, पानीपोखरी, लाजिम्पाट, लैनचौर, माइतीघर, बानेश्वर, तीनकुने हुँदै विमानस्थल ।’ विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री सुशील कोइारला, उपराष्ट्रपति परमानन्द झा, सभामुख, मन्त्रीहरुसहितले राष्ट्रपतिलाई बिदाइ गर्दै गर्दासमेत सडक पूरै खाली थियो । गृह मन्त्रालयका प्रवंक्ता लक्ष्मीप्रसाद ढकालले राजकीय भ्रमण नै नभएको भन्दै यो रुट प्रयोग गरिएकोमा बुझ्नुपर्ने बताए । ‘यो राष्ट्रपतिको राजकीय भ्रमण होइन’ राजकीय भ्रमममा मात्र झण्डा भएको बाटो प्रयोग गर्नुपर्ने मन्त्रिस्तरीय निर्णय भएको भन्दै उनले भने, ‘यसरी लामो समय सवारी साधन रोक्ने भन्ने छैन, तर, सुरक्षा निकायले किन यस्तो गर्छ यो विषयमा बुझ्नुपर्छ ।’ घाममा सडकमा अलपत्र परेपछि सर्वसाधारण, कर्मचारी, विद्यार्थीहरु आक्रोसित भएका थिए । गणतन्त्रकालीन राष्ट्रपतिको सामान्य भ्रमणका नाममा राजतन्त्रकालीन झल्को देखाउँदै राष्ट्रपतिले सडक कब्जा गरेको भन्दै उनीहरु आक्रोसित भएका थिए । राष्ट्रपतिलका प्रेस सल्लाहकार राजेन्द्र दाहालले सबै तयारी सरकारले नै गरेको जिकिर गरे । दुई महिना अघि उपराष्ट्रपति परमानन्द झा चीनको एक प्रान्तमा हुने सामान्य भ्रमणका लागि जाँदा पनि यसरी नै घण्टौंसम्म सडक कब्जा गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending