Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

नेपालकै बेइज्जत गरे गोवा गएका पत्रकार भट्टराईले

\"kamaldev-bhattarai\"काठमाडौं, ३० असोज । भारतको गोवामा चलिरहेको ब्रिक्स सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको २० जनाको टोली शनिबार नेपालबाट दिल्ली हुँदै गोवा आइपुग्यो । दिल्लीबाट कान्तिपुर दैनिकका पत्रकार कमलदेव भट्टराई पनि त्यसै टिममा खुसुक्क छिरे । बेलुका डेलिगेट्सलाई मात्र गोवाको लिला होटलमा बस्न अनुमति दिइएको थियो । तर, कमलदेव भट्टराई पनि अवैधानिक रुपमा लिला होटलमा छिरेर डेलिगेट्सको कोठामा अवैधानिक रुपमा बसिरहेका छन् । भट्टराई होटलमा अवैधानिक रुपमा मात्र बसिरहेका छैनन् । उनले होटलमा बसेर कुटनीतिक मर्यादा बिपरितका क्रियाकलाप पनि गरिरहेका छन् । शनिबार नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटबार्ताको कार्यक्रम तय भएको थियो । चिनियाँ राष्ट्रपतिको नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३० मिनेट प्रतिक्षा गरेपछि दुई नेताबीच वान टु वान बार्ता भएको थियो । वान टु वान बार्ता सकिएपछि दुवै देशको प्रतिनिधि मण्डलबीच संयुक्त बार्ताको कार्यतालिका तय भएको थियो । त्यो बेला भारतीय सेक्युरिटीका कारण प्रचण्डको समय १, २ मिनेट ढिलो हुन गएको थियो । तर, यसै विषयलाई बङ्गाएर भट्टराईले प्रचण्डले ५ मिनेट चिनियाँ राष्ट्रपतिलाई कुराएको समाचार बनाएर पठाए । पहिलो भेटमा प्रचण्डले पिङलाई ३० मिनेट कुरेका थिए भने दोस्रो भेटमा पिङले १, २ मिनेट कुर्नुपरेको थियो । दुवै देशका नेताबीचको बार्तालाप निकै निकै सकारात्मक थियो । तर, भट्टराईले विषयलाई बङ्गाएर देशकै अस्मिता र मर्यादाको खिल्ली उडाउने काम गरे । भेटमा न चिनियाँ पक्षले अपमानित महशुस गरेको थियो, न त भट्टराईले चिनियाँ पक्षको प्रतिक्रिया लिएर समाचार बनाएका थिए । भट्टराईले दोहोरो रुपमा नेपालकै बेइज्यत गरे । एकातिर उनी पैसा तिर्नुपर्ने लोभले होटलमा लुकेर बसेका छन्, अर्कोतिर चिनियाँ पक्ष सकारात्मक र अत्यन्तै मित्रवत् हुँदाहुँदै चीनसँगको सम्बन्ध बिगार्न नकारात्मक समाचार दिइरहेका छन् । लिला होटलको एक रातको बसाईका लागि भारु १७ हजार बढी तिर्नुपर्छ । उनी लुकेर बस्दा तीन दिनमा उनको करिव ८० देखि ९० हजार जोगिन्छ । उनको होटल बसाई कुटनीतिक मर्यादा विपरित त छ नै, त्यसभन्दा बढी गैरकानुनी पनि छ । एक जना पत्रकारले गैरकानुनी काम गरेर देशको बेइज्जत गर्नुुले सिङ्गो पत्रकारिता जगतको शीर निहुरिएको परराष्ट्रका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending