Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

नेपाली सेनाको क्षमता बढाउन चीनले सहयोग गर्ने

[caption id=\"attachment_96717\" align=\"aligncenter\" width=\"750\"]\"फाइल फाइल तस्वीर[/caption] काठमाडौं, ३० असोज । विपद् व्यवस्थापनमा नेपाली सेनाको क्षमता वृद्धि गर्ने कार्यमा चीनले सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ । ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्रा्ष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी बेइजिङमा सम्पन्न सातौैँ सियाङसान सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले शान्तिस्थापना कार्यमा खटिएर नेपाली सेनाले देखाएको व्यावसायिक दक्षता, इमान्दारी र बहादुरीको चिनियाँ रक्षामन्त्रीले प्रशंसा गरी ‘विलक्षण’ क्षमता बोकेका नेपाली सेनाबाट चिनियाँ सेनाले पनि केही सिक्न आवश्यक रहेको बताएको जानकारी दिए । रक्षामन्त्री बालकृष्ण खाणले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा सुरक्षा र सहयोगलाई कसरीसँगै लैजाने भन्ने विषयमा सियाङसान सम्मेलनमा गहन छलफल भएको बताए । उनले भने– “आतङ्कवादका कारणले सुरक्षामा देखिएका समस्या र समाधानका विषयमा नेपालको धारणा सम्मेलनमा राखिएको छ ।” सियाङसान सम्मेलनका क्रममा मन्त्री खाणसँगको भेटमा चिनियाँ रक्षामन्त्री छाङसँगले नेपालको संविधानप्रति चीन र चिनियाँको सद्भाव र समर्थन रहेको जानकारी गराउँदै नेपालले शान्ति, समृद्धि र प्रगतिमा सफलता हासिल गरोस् भनी शुभकामना व्यक्त गरे । दुवै देशका सरकारका उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमणको आदानप्रदानलाई निरन्तरता दिन आवश्यक रहेका विषयमा उनीहरुबीच विचारविमर्श भएको थियो । दुवै रक्षामन्त्रीबीचको भेटमा नेपाली सेना र चिनियाँ सेनाबीचको सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको मन्त्री खाणले जानकारी दिए । द्रुतगतिको आर्थिक प्रगतिमा रहेको चीनले कुनै पनि मुलुकको समृद्धिका लागि छिमेकी मुलुकमा शान्ति र प्रगति हुन आवश्यक छ भन्ने पक्षलाई राम्ररी महसुस गरेको आफूले पाएको मन्त्री खाँणले बताए । सम्मेलनमा ६४ मुलुकका ४०० प्रतिनिधिको सहभागिता थियो । रक्षामन्त्री खाणको स्वागतका लागि प्रधानसेनापति राजेन्द्र क्षेत्री, रक्षा सचिव श्रीधर सापकोटा र नेपाली सेनाका रथीवृन्द विमानस्थल पुगेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending