Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

दशैंमा साना सवारी दुर्घटना बढी

\"bikeबुटवल, ३० असोज । चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटना भएकामा २३ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश दसैँ मनाउन यात्रामा थिए । विगतका वर्षहरूको तुलनामा यसवर्ष ठूला सवारी साधनभन्दा अधिकांश साना सवारीको दुर्घटनामा धेरै क्षति भएको पाइएको छ । चाडपर्वका समयमा दसैं मनाउन गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू दुर्घटनामा परेको पाइएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक प्रकाश न्यौपानेले ठूला सहरहरूका न्यून गतिमा चलाएका सवारी साधन खुल्ला राजमार्गमा पुग्दा उच्च गतिले चलाउँदा दुर्घटना बढेको बताए। पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका अनुसार पश्चिमाञ्चलका १६ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रूपन्देही र नवलपरासीमा छन् । यी जिल्लामा १०÷१० वटा दुर्घटना भए । सबैभन्दा धेरैको मृत्यु भने नवलपरासीमा भयो । उक्त जिल्लामा नौजना र रूपन्देहीमा छजनाको मृत्यु भयो । दुर्घटना भएका सबैभन्दा धेरै साधन मोटरसाइकल हुन् । रूपन्देहीमा आठ र नवलपरासीमा चारवटा मोटरसाइकल दुर्घटना भए । ट्राफिक प्रहरी कार्यालयको अघिल्लो वर्ष २०७२ को दसैंको अवधिमा भएका ३८ दुर्घटनामा २५ ले ज्यान गुमाएका थिए भने २०७१ सालको दसैँको अवधिमा यी दुवै वर्षको भन्दा दोब्बर ६१ वटा दुर्घटना भएका थिए । त्यसमा २९ जनाको ज्यान गएको क्षेत्रीय ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै यस वर्षको दसैँको १५ दिनभित्र भएका ३७ वटा दुर्घटनामा ८८ जना घाइते भए । तीमध्ये गम्भीर ५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दसैँको समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाच्नेजस्ता कारणले अत्यधिक दुर्घटना भएको पाइएको छ । यसका साथै साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण पनि दुर्घटनाका मुख्य कारण बनेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending