Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

जथाभावी पार्किङ गरे गाडीमा टिभिटी स्टिकर

\"tvt-750\"काठमाडौं, ३० असोज । सडकमा पार्किङ गरिएका मोटरसाइकललाई महानगर प्रहरी र ट्राफिक प्रहरीले उठाएर लैजान्छन् । गाडीलाई उठाएर बग्गीखाना लगिँदैन । तर, गाडीहरू कारबाहीमा नपर्ने भने होइनन् । त्यसरी सडकमा पार्किङ गरेर राखिएका गाडीमै ट्राफिक प्रहरीले कारबाहीस्वरूप टिकट टाँस्न थालेको छ । अाजकाे नयाँ पत्रिकामा खबर छ– ट्राफिक प्रहरी महाशाखाले ट्राफिक भायलेसन टिकट (टिभिटी) टाँस्न थालेको हो । गाडीको चालकपट्टिको सिसामा ट्राफिक प्रहरीले यस्तो टिकट टाँसिदिने गरेको छ । उक्त टिकटलाई नै पुर्जी मानेर चालकहरू ट्राफिक कार्यालय पुग्नुपर्ने हुन्छ । २४ घन्टाभित्रै जरिवाना बुझाउनुपर्ने ‘गाडीमा कोही नभएपछि सडकमा पार्किङ गरिएका गाडीमा ट्राफिक प्रहरीले टिभिटी टाँस्छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी राजेन्द्र भट्टले भने, ‘गाडी चालकहरू २४ घन्टाभित्र ट्राफिक कार्यालय गएर जरिवाना बुझाउनुपर्ने हुन्छ, नत्र ट्राफिक प्रहरीले गाडीधनी पत्ता लगाई पक्राउ गर्छ ।’ यस्तो छ ट्राफिक प्रहरीको नयाँ अभियान सडकमा जथाभावी पार्किङ गरे ट्राफिक भायलेसन टिकट (टिभिटी) टाँस गरी कारबाहीस्वरूप जरिवाना गराउने टिभिटी टाँस गरेको २४ घन्टाभित्र ट्राफिक प्रहरी कार्यालय पुगी जरिवाना तिर्नुपर्ने, नतिरेमा गाडीधनी पत्ता लगाई पक्राउ गरिने पहिलोपटक एक हजार जरिवाना विकसित देशहरूमा जस्तै नेपालमा पनि ट्राफिक प्रहरीले गाडीमै यस्तो टिकट टाँसेर कारबाही गर्न थालेको हो । सडकमा पार्किङ गर्नेलाई पहिलोपटक एक हजार र दोस्रोपटक एक हजार पाँच सय रुपैयाँ जरिवाना हुन्छ । पर्याप्त पार्किङको अभाव र नियम नमान्ने संस्कृतिका कारण सडक नै अवरोध हुने गरी सडकमा जथाभावी पार्किङ हुने गरेको छ । सडकमा हुने पार्किङकै कारण सडक अस्तव्यस्त बन्ने गरेको छ । सडकमा पार्किङ निषेध गर्न टिभिटी कार्यक्रम ल्याइएको डिएसपी भट्टले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending