Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

४ कात्तिकमा दशैंको टीका !

\"dashain-750\"मकवानपुर, ३० असोज । नेपाली हिन्दूको ठूलो पर्व दसैं सकिइसकेको छ । तर, मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने चित्लाङ चार गाउँका गोपाली र गमाल जातिले भने ४ कात्तिकमा दसैंको टीका लगाउने भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– उनीहरुले यो वर्षको दसैं एक सातापछि मनाउने गरि सारेका हुन् । गोपाली र गमाल समुदायले परम्परागत चम्पकेश्वर महादेवको जात्रा लाग्ने दिन कात्तिक संक्रान्तिभन्दा अघि नै दसैं परेकाले पछि सारेका हुन् । कात्तिक संक्रान्तिको आठौं दिनमा महानवमी परेकाले दसैं पछि सरेको गोपाली समुदायका ९२ वर्षीय आरसिंह गोपालीले बताए । आठ दिनअघि गोपाली समुदयाको परम्परागत जात्राका लागि ‘आँग’ अर्गात प्रसादका लागि जाँड राख्ने दिन हो । ‘कात्तिक संक्रान्तिको आठ दिनअघि महानवमी नपरेको भए दसैं मान्थ्यौं,’ ४८ वर्षीय अंक गोपालीले बने । चित्लाङको गोपालीको बसोबास रहेको कलाँटु र तल्लो बिसिङखेलबासीले दसैं सारेको शिक्षक परशुराम गमालले जानकारी दिए । चित्लाङका गोपाल र गमाल समुदायले ४ कात्तिकमा दसैंको टीका लगाउने स्थानीय सुशीला गोपालीले बताइन् । ‘अब परम्पराअनुसार १ कात्तिकमा चम्पकेश्वर जात्रा मनाएर २ कात्तिकमा सामूहिक रुपमा राँगा काट्ने, ३ कात्तिकमा बोकाको बलिसहित कुलपूजा गरेर ४ कात्तिकमा टीका लगाउँछौं,’ गोपालीले भनिन् । कात्तिक संक्रान्तिका दिन गोपाली समुदायका गुठियारले चार घ्याम्पो जाँड ल्याउने चलन छ । किरा परिसकेको जाँड र ‘ककः बजी’ अर्थात एकपटक मात्र कुटेको चिउरा प्रसादको रुपमा खाने गरिन्छ । प्रसाद खाएमा पेटको रोग निर्मूल हुने उनीहरुको विश्वास छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending