Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

संविधान संशोधनबारे के छ तीन दलको तयारी ?

\"main-3-politician-750\"काठमाडौँ, २९ असोज । संविधान संशोधनबारे कांग्रेस अनौपचारिक छलफलमा छ । कांग्रेसका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संशोधनको मस्यौदाबारे गृहकार्य गरिरहेका छन् । ‘केन्द्रीय समिति र संसदीय दलले माओवादी केन्द्रसँगको सातबुँदे र मधेसी मोर्चासँगको तीनबुँदे सहमति अनुमोदन गरिसकेको छ । मोर्चासँग विस्तृत छलफलपछि सबै टुंगो लाग्छ,’ गृहमन्त्री निधिले भने, ‘सीमांकन, नागरिकता, समानुपातिक समावेशिता र राष्ट्रिय सभामा सहभागिता बढाउनेबारे संशोधन गर्नुपर्ने धारणा पार्टीले बनाइसकेकाले ड्राफ्ट बनेपछि नै सबै कुराको टुंगो लाग्नेछ ।’ आजको नयाँ पत्रिकामा खबर छ– प्रदेशको सीमांकनको मुद्दा कसरी टुंग्याउने भन्नेबारे भने कांग्रेसभित्र साझा धारणा बनिसकेको छैन । मधेसी मोर्चाले सीमांकन हेरफेर गरेर तराईमा दुई प्रदेश बनाइनुपर्ने माग गरे पनि सभापति शेरबहादुर देउवा मौन छन् । सीमांकन हेरफेरमा सुदूरपश्चिमका जिल्लाको विषयमा विवाद भएकाले पनि उनी मौन रहेको नेताहरू बताउँछन् । भाषा विवाद टुंग्याउन आयोग बनिसकेको र यसमा मोर्चासमेत लचक भएको र नागरिकताबारे अन्तरिम संविधानकै व्यवस्था राखेर कानुनमार्फत सम्बोधन गर्नेमा कांग्रेस लचिलो छ । ‘मधेसी मोर्चाको मागमा हामी लचक भएर टुंग्याउनुपर्छ भन्ने पक्षमा छौँ,’ कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले भने । प्रमुख प्रतिपक्षी एमाले संविधान संशोधनको मुद्दामा ‘रिजर्भ’ छ । मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले संशोधनको विषय औपचारिक रूपमा प्रस्ट नपारेको भन्दै एमालेले तत्कालका लागि ‘रिजर्भ’ बस्ने रणनीति लिएको हो । एमाले शीर्ष नेताहरूले राष्ट्रिय हितमा तल–माथि नहुने गरी संविधान संशोधन हुनसक्ने, तर संशोधनको कारण र औचित्य पुष्टि हुनुपर्ने बताउँदै आएका छन् । संविधान संशोधनका विषयमा सत्तारूढ कांग्रेस र माओवादी केन्द्रभित्रै विवाद रहेको एमालेको बुझाइ छ । नागरिकता, भाषालगायतका मुद्दामा दुई दलबीच समानता देखिए पनि प्रदेशको सीमा हेरफेरबारे दुई पार्टीभित्रै सहमति जुट्न नसक्ने एमालेको ठम्याइ छ । ‘संशोधनको हल्ला पिटाउनुको कुनै अर्थ छैन, पहिले कांग्रेस र माओवादी केन्द्रले आफ्नै पार्टीभित्र सीमांकन हेरफेरका मुद्दामा सहमति जुटाउँदा हुन्छ,’ एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘साँच्चै उहाँहरूले पार्टीभित्र सर्वसम्मत वा बहुमतबाट निर्णय गराएर आउनुभयो भने एमाले जुनसुकै वेला छलफलका लागि तयार छ ।’ माओवादी केन्द्र भने कात्तिकभित्र संविधान संशोधन प्रस्ताव तयार, संसद्मा दर्ता र पारित गराउन प्रमुख प्रतिपक्षी एमालेसँग सहमतिको प्रयास गर्ने भएको छ । यसका लागि केन्द्रले शीर्ष नेताहरूलाई अन्य दलसँगको छलफलमा परिचालित गराएको छ । ‘अब हामी कात्तिकभर, अझ तिहारअगाडि नै संविधान संशोधनमार्फत मधेसी, थारूलगायतका असन्तुष्ट पक्षका माग सम्बोधनको गृहकार्य गर्ने, प्रस्ताव तयार पार्ने र अन्य दललाई पनि सहमतिमा ल्याउन अधिकतम पहलकदमी लिनेछौँ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अन्य काम थाती राखेर भए पनि संविधान संशोधनको विषयलाई तिहारअगाडि नै ठोस निष्कर्षमा पु¥याउने गरी संवादमा लाग्ने निर्णय पार्टीको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending