Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

आठौं ब्रिक्स शिखर सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार भारत प्रस्थान गर्दै

\"prachanda-priminister-750\" काठमाडौं, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबारदेखि हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भागलिन भोली भारत जाने भएका छन् । ब्रिक्सको आठौं शिखर सम्मेलन भारतको गोवामा अक्टोबर १५ देखि १६ सम्म दुई दिन हुने बताइएको छ । भारतको अध्यक्षतामा हुनलागेको उक्त शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई यस अघिनै निम्तो गरेका थिए । उनको निम्तो अनुसार प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ जान लागेको प्रधानमन्त्री कार्यालयले बताएको छ । भारतमा हुनलागेको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका नरेश छिरिङग तोब्गे, म्यानमारकी राष्ट्रपति आङग सान सुकी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचालार्इ पनि निमन्त्रणा गरेका छन् । त्यसैगरी गैह्रबिम्स्टेकका अन्य मित्रराष्ट्र प्रमुखहरू अफगानिस्तानका राष्ट्रपति असरफ घानी र मादिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई पनि निमन्त्रणा गरिएको बताइएको छ । भारतमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहानै भारतका लागि प्रस्थान गरिसकेका छन । उनले ब्रिक्स शिखर सम्मेलन भन्दा पहिले कम्बोडिया र बङ्गलादेशको भ्रमण गर्दैछन, उनले त्यहाँ राजा,महारानी र प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको छ । चीनीया राष्ट्रपतिको भ्रमण टोलीमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य तीन जना उच्चस्तरिय नेताहरु पनि रहेको बताइएको छ । सि जिनपिङ्गले दुईदेशको बीचमो व्यापारीक एवं अन्य सम्बन्धको बारेमा उक्त भेटमा छलफल गर्ने बताइएको छ । त्यसैगरी ब्रिक्स सम्मेलनको लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने भारत पुगिसकेका छन् ।

आठौँ ब्रिक्स सम्मेलनमा को को सहभागी हुदैँछन ?

\"download-2-750\"

आठौँ ब्रिक्स शिखर सम्मेलन ब्रिक्सका सबै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले भाग लिने प्रचलन रहेको छ । ब्रिक्सको सदस्य राष्ट्रका सरकार प्रमुखहरुले सम्मेलनमा अनिर्वाय भाग लिने प्रचलन अनुसार यसपटक ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका राष्ट्रप्रमुखहरु त्यहाँ सहभागी हुने देखिन्छन । वर्तमान ब्रिक्स सदस्य राष्ट्रप्रमुखहरुमा ब्राजिलका राष्ट्रपति माइकल टेमर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनपिंग, र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा यस आठौं शिखर सम्मेलनमा मूल सहभागी हुने बिक्सले जनाएको छ । ब्रिक्स सदस्यराष्ट्रहरुले राष्ट्रिय बिकासका बिभिन्न गतिविधिहरुः चलचित्र, खाद्य तथा कृषि, वन तथा वातावरण, शिक्षा तथा संस्कृति, वाणिज्य तथा ब्यापार जस्ता क्षेत्रहरुमा विगत ७ वर्षदेखि आपसी सद्भावनाका बढाउने उद्धेश्यले सन् २००९ मा ‘ब्रिक्स राष्ट्र’ बनेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending