Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

नक्कली नोट काराेबारको आरोपमा पर्काउ परेका दुवै माओवादी सदस्य रहेको खुलासा

\"arrest-3-300x171-750\" रुकुम, २८ असोज । नक्कली नोट छाप्ने काममा संलग्न रहेकाे भन्दै गएराति  रूकुमका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवैजना पूर्व माओवादी सदस्य रहेको खुल्न आएको छ । नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले पक्राउ गरेका मध्ये एकजना मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको रुकुम जिल्ला सचिवालय सदस्य र अर्का पुर्व माओवादी लडाकु रहेको खुल्न आएको छ । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सल्यान जिल्ला सचीवालय सदस्य सहित एक जनालाई उक्त आरोपमा प्रहरीले पक्राउ गरेको खबरडबलीसँगको कुरामा बताएको छ । उक्त आरोपमा झुला–६ का १९ वर्षीय डिभाइड भन्ने खिमबहादुर देवकोटा र रुकुम गोतामकोट–९ घर भई मुसिकोट नगरपालिका–१ पातुखोलामा होटेल व्यवसाय गर्दै आएका ३४ वर्षीय जुनबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नोटको कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले झुला–६ का १९ वर्षीय डिभाइड भन्ने बोहोरालाई मुसिकोटबाट र देवकोटालाई मग्मामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुकुम गोतामकोट–९ घर भई मुसिकोट नगरपालिका–१ पातुखोलामा होटेल व्यवसाय गर्दै आएका ३४ वर्षीय जुनबहादुर बोहरालाई प्रहरीले गएराति पक्राउ गरेको बताएको छ । उनी पुर्व जनमुक्ती सेना रहेकाे र हाल विप्लब  नेतृत्वकाे पार्टीमा संलग्न रहेकाे भनिए पनि  विप्लब माअाेवादीले भने उनी अाफ्नाे कायकर्ता नभएकाे बताएकाे छ । बोहोरालाई मुसिकोटबाटै पक्राउ गरिएको हो भने देवकोटालाई मग्मामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको गोप्य कामको बारेमा सुचना पाएपछि प्रहरी टोलीले पक्राउ गरेको भन्दै रुकुमका प्रहरी नायव उपरीक्षक अंगुर जिसीले खबरडबलीसँग भनें–‘ पक्राउ परेका दुबैमाथि आवश्यक अनुसन्धान भइरहेको छ, सबै कुरा खुलि सकेको छैन । हामीले उनीहरूलार्इ पैसा छाप्ने मेसिन सहित नियन्त्रणमा लिएका छौं ।’ उनका अनुसार नक्कली पैसा छाप्न प्रयोग गरिने मेसिन र हजार रुपैयाँको नक्कली नोट सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नक्कली नोट छाप्ने सम्म कसरी पुग्यो प्रहरी ?

मुसिकोट पातुखोलामा होटेल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोराका छोराले एक हजारको नोट लिएर बजारमा सामान किन्न आएका बेला उक्त नोट नक्कली भएको शङ्का गर्दै स्थानीय व्यापारीहरूले प्रहरीलाई खबर गरे र त्यसको खोजीनीति बढेपछि प्रहरीले मेसिन सहित उनिहरूलार्इ प्रक्रन सफल भएको बताएको छ । प्रहरीका अनुसार प्रकाउ परेका बोहराका छोरालार्इ उक्त नोट कहाँबाट ल्याएको भनि सोध पुछ गरेपछि उनले बताए अनुसार प्रहरीले खानतलासी गर्दा त्यहाबाट पैसा छाप्ने मेसिन, हजारको नक्कली नोट फेला पारेको हो । नक्कली नोट छाप्ने काममा संलग्न भएको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनिहरूलार्इ प्रकाउ गरिएको जनाएको छ । पक्राउ परेका बोहराका १५ वर्षीय छोराले छोपेर राखिएको बोराबाट एक हजार रुपैयाँ निकालेर स्याउ किन्न जाँदा पसलेले शंका लागेर प्रहरीलाई खबर गरेपछि उक्त घटना सार्वजनिक भएको हो ।

को हुन पक्राउ परेकाहरु ?

  नक्कली नोट छाप्ने काममा संलग्न भनी प्रहरीले पक्राउ गरेका दुवै जना माओवादी सदस्यरहेको खुल्न आएको छ । पक्राउ परेका झुला–६ का १९ वर्षीय डिभाइड भन्ने खिमबहादुर देवकोटा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सल्यान जिल्ला सचीवालय सदस्य हुन । वैद्य माओवादीका केन्दीय सदस्य कुमार शाहले खबरडबलीलाई भने–‘खिमबहादुर देवकोटा हाम्रो पार्टीको रुकुम जिल्ला सचिवालय सदस्य हुन । उनलार्इ क्रान्तिकारी पत्रकार महासंघको जिल्ला नेतृत्व दिने कुरा पनि भएको थियो । तर एक्कासी यस्तो खबर सुनेपछि अचम्म लागेको छ । ’ देवकोटा पार्टी राजनीतिमा पछील्लो पटक अली बढी सक्रिय देखिएको पार्टी नेताहरु बताउँछन । उनी विप्लव माओवादी नफुट्नु अघिको अवस्थामा वैद्यले नेतृत्व गरेको माओवादी निकट पत्रकार महासंघको रुकुम जिल्ला अध्यक्ष समेत रहेका थिए । त्यसैगरि प्रहरीले पक्राउ गरेका अर्का रुकुम गोतामकोट–९ घर भई मुसिकोट नगरपालिका–१ पातुखोलामा होटेल व्यवसाय गर्दै आएका ३४ वर्षीय जुनबहादुर बोहरा पनि माओवादी सदस्य हुन । उनि पर्व जनमुक्ती सेना समेत रहेको खुल्न आएको छ । बोहरा प्रचण्डसँग पार्टी फुटेपछि वैद्य नेतृत्वको माओवादी पार्टी हुदै अहिले विप्लप वाओवादीमा संलग्न रहेको बताइएको छ । तर विप्लव माओवादीले भने उनी अहिले आफ्नो पार्टीमा नरहेको स्पष्ट पारेको छ । पक्राउ परेका बोहरा अहिले होटेल चलाउदै छन, उनका छोराबाट नक्कली नोटबारे गोपनीयता भंग भएको प्रहरीले बताएको छ ।  

कार्यक्रर्ता पक्राउ परेपछि के भन्नछ नेताहरु ?

  प्रेमजंग शाह, रुकुम जिल्ला इन्चार्ज, वैद्य माओवादी – हामीले पनि उहाँहरु समातिएको खबर सुन्यौ । म त्यो विषयमा सत्य कुरा के हो जान्नको लागि जिल्ला प्रहरी कार्यालयमा जादैंछु । खिम बहादुर देबकोटा हाम्रो पार्टीको जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । उहाँलाई पत्रकारको जिम्मा दिने कुरा पनि भएको हो । नक्कली नोट कारोबारमा संलग्न भनि प्रहरीले पक्राउ गरेपनि त्यो अझै पुष्टि भएको छैन । यदि त्यो घटना सत्य रहेछ भने हामी प्रहरी प्रशासनलाई सघाउछौ । तर उहाँहरुलाई कुनै नियोजीत तरिकाले फसाउँने सड्यन्त्र गरिएको भएमा हाम्रो पार्टी र संगठन सरकारको गलत काम कारवाहीलाई बिरोध गर्छ । साथै उहाँ त्यो घटनामा संलग्न भएको पाईएमा उहाँलाई पार्टीले पनि कारवाही गर्छ । हाम्रो पार्टीको नीति विपरीत काम गर्नेलाई पाटीले संरक्षण कदापी गर्दैन । खडग बहादुर विश्वकर्मा, पार्टी प्रवक्ता विप्लब माओवादी प्रहरीले पक्राउ गरेको भनिएका दुवै जना हाम्रो पार्टीमा संलग्न छैनन । मैले त्यो विषयमा जिल्लालाई पनि सोधेँ, उनीहरु पार्टीमा संलग्न रहेका छैनन । हाम्रो पाटीका कुनैपनि नेता कार्यक्रर्ताहरु यस्तो घृणीत काममा लाग्दैनन् । हामीले त दलाल,देशका लुटेराहरु र कालोबजारी गर्ने, समाजमा गलत काम गर्ने मानीसलाई कारवाही गर्ने नीति नै लिएका छौ । हामीसँग यस्तो मानिसहरु रहदैनन । उनीहरु त्यो काममा संलग्न भएकै हुन भने जो भएपनि कारवाहि गरीनु पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending