Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मानव तस्कर विरुद्ध लड्न कतारले अपनायो नयाँ तरिका

\"human-trafficking-750\" कतार,२७ असोज । कतारले मानव तस्कर विरुद्ध लड्नको लागि एक समिति बनाउने बुधबार निर्णय गरेको छ । कतारमा नेपाल बिभिन्न देशबाट आउने कामदारहरु मानब तस्करीको शिकार हुन थालेपछि त्यसलाई कडाईका साथ रोक्न प्रशासन विकास, श्रम तथा सामाजिक मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एक समिति बनाएको कतारी सरकारी सञ्चार माध्यम कतार समाचार समिति क्युएनएले जनाएको छ । त्यस समितिले कामदारलाई जबर्जस्ती काममा लगाउने, कामदारको अबैध ढंगले ओसरप्रसार गर्ने, मानव तस्करीको शैलीमा कामदारको आपूर्ति गर्ने नदिने विषयमा काम गर्नेछ । कतार सरकारलाई मानव तस्करीबिरुद्ध प्रभाबकारी ढंगले काम गर्न अमेरिकी सरकारले सुझाब दिंदै आएको थियो । गत जुनमा पनि अमेरिकाले ‘कतार मानव तस्करी विरुद्ध काम गर्न असफल भएको’ भन्दै रिपोर्ट सार्वजनिक गरेको थियो । अमेरिकी सरकारले ‘घरेलु कामदारलाई श्रम कानुनभित्र राख्न, सबै कम्पनीमा तलब सुरक्षा प्रणाली अनिवार्य लागु गर्न, कामदारको राहदानी जर्वजस्ती राख्ने स्पोन्सरबिरुद्ध जरिवाना सहित कारबाही चलाउन, कतार आएको एक हप्ताभित्र कामदारको आबासीय अनुमति आइडी कार्ड० बनाउन लगायत विषयमा सुझाव दिएको थियो । कतारमा नेपालीलाई लैजाने बेला नेपालका गैरब्यबसायिक ढंगले काम गर्ने म्यानपावर र कतारका दलाल मिलेर नेपाल र कतारले तय गरेको आपूर्ति प्रक्रियालाई छली मानव तस्करको शैलीमा काम हुने गरेको छ । पछिल्लो समयमा झन ‘आजाद भिसा’को नाममा नेपाली कामदारको तस्करी बढेको हो । ‘ राम्रो कमाई हुने प्रलोभनमा हाम्रै पैसामा आफुहरु तस्करीमा परेको कतार पुगेपछि मात्रै थाहा पायौ’, चितवनका रमेश लुईटेलले भने, ‘आजाद भिसाको नाममा म जस्ता धेरै नेपाली नेपालीकै संलग्नतामा तस्करीमा परिरहेका छन् ।’ कतार सरकारले आफ्नो संयन्त्रले मानव तस्करीविरुद्ध काम गरिरहेको जनाएको छ । कतारले मानव तस्कर गर्नेलाई ७ बर्ष कैद र दुई लाख ३० हजार रियाल जरिवाना तोकेको छ । गत वर्ष यस मामिलामा ११ जनालाई कारवाही गरेको छ । मानव अधिकारबादीहरुले कामदारलाई हुने टगी र तस्करीलाई फरक फरक ढंगले हेर्नुपर्ने बताउँदै आएका छन् । ‘मुलत धेरै कामदारलाई कम्पनीले जर्वजस्ती श्रम शोषण गर्ने गरेका छन् । तलव नदिई महिनौसम्म काममा लगाएका हुन्छन् । यो सरासर मानव तस्करीभित्र पर्छ’, कतार सहित खाडी देशको श्रममामिलामा अध्ययन गर्दै आएका हुयुमन राइट्स वाचका अनुसन्धानदाता निक निकोलस्ले कान्तिपुरलाई भने, ‘यी मुद्दाहरुलाई श्रम विवाद भन्दा पनि मानव तस्करीक अन्र्तगत हेरिनुपर्छ ।’   (कान्तिपुरबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: