Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

आठौं ब्रिक्स सम्मेलन अक्टोबर १५ र १६ मा, अध्यक्षता भारतले गर्ने

[caption id=\"attachment_96560\" align=\"aligncenter\" width=\"838\"]\"ब्रिक्समा ब्रिक्समा सम्मिलीत प्रमुख पाँच राष्टहरूः फार्इल तस्वीर[/caption] बेइजिङ्ग, २७ असोज । यस वर्ष आठौं शिखर सम्मेलन १५ देखि १६ अक्टोबरः जम्मा दुई दिनसम्म आयोजना हुँदैछ र यस पटकको सम्मेलन भारतले आतिथ्य गर्दैछ । भारतले ब्रिक्स राष्ट्रको फेब्रुअरीदेखि डिसेम्बर २०१६ सम्मको अध्यक्षता ग्रहण गरिरहेको छ । यस पटकको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरुको विकास र उन्नतिको लागि सम्मेलनमा विविध छलफल हुने बताएको छ । ब्राजिल बि, रुस आर, भारत आई, चीन सि र दक्षिण अफ्रिका एस यी पाँच राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोगमा अभिवृद्धि गर्ने उद्देश्य राखी सन् २००९ मा “ब्रिक्स राष्ट्र” को स्थापना भई शिखर सम्मेलनमा सबै ब्रिक्स सदस्यराष्ट्र प्रमुख वा सरकारप्रमुखहरुले भाग लिने सहमति भएको थियो । वर्तमान ब्रिक्स सदस्य राष्ट्रप्रमुखहरु ब्राजिलका राष्ट्रपति माइकल टेमर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सि जिन पिङग, र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा यस आठौं शिखर सम्मेलनमा मूल सहभागी हुनुहुनेछ । आठौं सम्मेलन भारतले आयोजना गर्ने र सम्मेलनस्थल चाहिं गोवा हुने भनी सन् २०१५ को जुलाईमा सम्पन्न ब्रिक्स राष्ट्रप्रमुखहरुको शिखर सम्मेलनले निश्चित गरेको थियो । ब्रिक्स सदस्यराष्ट्रहरुले राष्ट्रिय बिकासका बिभिन्न गतिबिधिहरुः चलचित्र, खाद्य तथा कृषि, वन तथा वातावरण, शिक्षा तथा संस्कृति, वाणिज्य तथा ब्यापार जस्ता क्षेत्रहरुमा बिगत सात वर्षदेखि आपसी सद्भावनाका हात अघि बढाएका छन् । यस पटकको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल, बङ्गलादेशकी राष्ट्रपति शेख हसिना, भुटानका नरेश छिरिङग तोब्गे, म्यानमारकी राष्ट्रपति आङग सान सुकी, श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेना र थाईल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचालार्इ पनि सम्मेलनमा भागलिन आग्रह गरेको छ । त्यसैगरी गैह«बिम्स्टेकका अन्य मित्रराष्ट्रहरू, अफगानिस्तानका राष्ट्रपति असरफ घानी र मादिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई पनि सम्मेलनमा निमन्त्रणा गरेको र ति सबै राष्टबाट सम्मेलनमा भाग लिन आउने ब्रिक्सले जनाउँदै आएको छ । यस शिखर सम्मेलनमा दोश्रो सत्र पनि आयोजना हुने र दोश्रो सत्रमा भने ब्रिक्स र बिम्स्टेक दुबै सदस्यराष्ट्रबीच क्षेत्रिय सहयोगमा सहजिकरण होस् भन्ने उद्देश्य राखी संयुक्त शिखर सम्मेलन पनि सञ्चालन गरिने जनाइएको छ ।  

सम्मेलनमा भागलिन चिनियाँ राष्ट्रपति भारत प्रस्थान

\"brics-leaders-meet-on_verm\"\"image-24-750\" भारतको गोवामा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान चीनबाट प्रस्थान गरेका छन । शिखर सम्मेलन शुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण पनि गर्ने बताइएको छ । शिखर सम्मेलन स्थलतर्फ जाने बाटोमा पर्ने चीनका मित्र राष्ट्रहरू कम्बोडियाका नरेश नरोडम सिंहामोनि र बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले चिनियाँ राष्ट्रपतिलाई आ आफ्नो मुलुक भ्रमण गर्न औपचारिक निमन्त्रणा गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा भने उनलाइ पहिलेदेखि नै गिएको थियो । राष्ट्रपति जिन पिङ्गको भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य तीनजना उच्चस्तरिय नेताहरु पनि संलग्न रहेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending