Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बचत गर्ने बानीले समाज परिवर्तन गर्दै बर्दिबासका मुसहर

[caption id=\"attachment_96535\" align=\"aligncenter\" width=\"812\"]\"फार्इल फार्इल तस्वीर[/caption] महोत्तरी, २७ असोज । पुस्तौँसम्म चर्को ब्याजदरमा ऋणको सहारामा गृहस्थी चलाउँदै आएका बर्दिबास नगरपालिका–२ का मुसहरले बचत गर्न थालेका छन् । स्थानीय रातु नदीमा बालुवा चालेर, नजिकैको जङ्गलबाट ल्याएको दाउरा बजारमा बिक्री गरेर र ज्याला मजदुरी गरेर आय आर्जन गर्दै आएका उनीहरुले एक समूह बनाएर बचत गर्ने बानी बसालेका हुन् । छोराछोरीको पालनपोषण गर्न, शिक्षा दिलाउन तथा जीवन धान्नका लागि दर्जनौँ मुसहरले सामूहिक रुपमा बचत गर्न थालेका छन् । स्थानीय मुसहर युवाको सक्रियतामा आर्थिक विकासका लागि गठन गरिएको ‘मुसहर बचत समूह’ नामक संस्थामा उनीहरुले तीन महिनाको अवधिमा रु ९० हजार बचत गरेका हुन् । सो समूहमा हरेक सदस्यले मासिक रु ५०० बचत गर्दै आएका छन् भने समूहमा आबद्ध सदस्यका लागि सयकडा ५० पैसाका दरले ऋण प्रदान गर्दै आएको समूहका अध्यक्ष मञ्जय सदाले जानकारी दिएका छन। प्रत्येक महिनाको १५ गते बैठक बसी रकम सङ्कलन गर्नुका साथै सुख दुःखका कुरा एकापसमा बाँड्दै आएको स्थानीयवासी विल्टु सदाले बताए । समूह गठन भएपछि हरेक कामकाजका लागि बाहिरबाट ३६ प्रतिशत व्याजमा ऋण लिन परेको छैन भन्दै समितिका सदस्य मनिसा सदाले बिगतमा घर चलाउनका लागि साहुसँग चर्को व्याजमा लिएको ऋण तिर्न नसक्दा वर्षौंसम्म नोकरी गरेर पैसा चुक्ता गर्नुपथ्र्यो तर अहिले सस्तोमा ऋण लिन र बचत सङ्कलन गर्ने परिपाटीले यस समुदायको मुहार फेरिने आशा व्यक्त गरे। आर्थिक, सामाजिक, शैक्षिक, सरसफाइलगायतका क्षेत्रमा अन्य समुदायको तुलनामा अत्यन्त पिछडिएको कमजोरे सो समुदायलाई दिइएको चेतनामूलक सन्देशले धेरै नै परिवर्तन आएको स्थानीय सामाजिक कार्यकर्ता राजकरण महतो बताउछन । “गत पुस महिनामा सरकारको सरसफाइ दूतका रुपमा आएका हास्य कलाकारद्वय धुर्मुस र सुन्तलीले सो बस्तीमा चेतना फैलाएपछि अहिले समाज परिवर्तनको पथमा लम्किरहेको उनको भनाइ छ । सो बस्तीका बासिन्दाले अब शैक्षिक र आर्थिक विकासतर्फ ध्यान दिएका कारण चाँडै नै दलित समुदायको अन्य बस्तीको तुलनामा उत्कृष्ट एवम् नमुना बस्तीका रुपमा परिचित हुने स्थानीय युवा नेता शङ्कर महतो बताउछन । आर्थिक रुपमा अति नै विपन्न रहेको सो बस्तीमा ६० घरपरिवारका ३६५ व्यक्ति बसोबास गर्दै आएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending