Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

रैथाने बाली लोप हुँदै

म्याग्दी,२४ असोज । नयाँ जातको विकास र विस्तारसँगै यहाँ रैथाने बाली लोपोन्मुख अवस्थामा पुगेका छन् । उत्पादन वृद्धिका लागि नयाँ जातको खेती गर्ने क्रमसंँगै स्थानीय घैया, आँगा, अनदी धान, जुनेलो, गहत लगायत जातका बाली लोप हुँदै गएका हुन् । पानी नचाहिने, ढिला रोपे पनि छिटो पाक्ने र सुख्खा सहने विशेषता बोकेका घैया र आँगा जातको धान अधिकांश स्थानबाट लोप भैसकेको छ । मध्यपहाडी क्षेत्रमा लगाउन सकिने आँगा धानको चामल र भात रातो रङको हुन्छ । उच्च पहाडी क्षेत्रमा गह्रा, फाँट नभएको ठाउँमा पनि हुने घैया धानका लागि सिंचाइ आवश्यक पर्दैन । पोसिलो मानिने घैया र आँगा औषधीय गुण बोकेका धान हुन् । तल्लो क्षेत्रमा हुने चोट पटक लागेको अवस्थामा औषधिका रुपमा प्रयोग गरिने अनदी जातको धान पनि बिस्तारै खेती हुन छाडेको बाबियाचौर–८, रणवाङका कृषक लक्षिनबहादुर मल्लले बताए । नयाँ बाली र बीउतर्फ बढेको आकर्षणसँंगै नयाँ पुस्तालाई पुरानो बालीका बारेमा ज्ञान नहुँदा लोप हुन थालेको मल्लको भनाइ छ । गहुँ, जौ र उवाको स्थानीय जातको खेती पनि घट्दो क्रममा छ । धार्मिक कार्यमा प्रसादका रुपमा प्रयोग हुने र खाँदा स्वादिलो मानिने फुला उठ्ने जुनेलो पनि लोप हुन लागेको अर्को बाली हो । बारीको डिलमा लगाइने जुनेलोसँगै दालका रुपमा उपभोग गर्न सकिने गहतको पनि खेती घट्दै गएको जिल्ला कृषि विकास कार्यालय, बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताए । कार्यालयले स्थानीय बालीको महत्वका बारेमा कृषकलाई जानकारी गराउने र संरक्षणमा अग्रसर बनाउन पहल थालेको छ । रैथाने बालीले स्थानीय हावापानी, वातावरण र मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन् । छिर्केमिर्के सिमी, मिठे र तिते फापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सी, दर्माली, गुडुरा, गौरीया, फुला उठ्ने साना दाना भएको मकै यहाँका रैथाने बाली हुन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending