Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

भारतीय र चिनियाँ तरकारी–फलफूल बुटवलमा

\"images-1-750\" बुटवल २४ असोज । बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय छ । यस क्षेत्रमा भारतीय तरकारीकै भरमा नेपाली बजार चलेको छ । तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगे पनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश तरकारी र फलफूलले यस क्षेत्रको बजार ओगटेको छ । यहाँ तरकारी पाल्पा, मकवानपुर, धादिङ, सल्यान, रोल्पा तथा केही मात्रामा अर्घाखाँचीबाट समेत आउने गरे पनि धेरैजसो तरकारी र फलफूल भारतीय रहेको बुटवल कृषि उपज थोक बजार सञ्चालक समिति अध्यक्ष कलाधर पन्थी बताउछन । यहाँ आउने फलफूलमा ५० देखि ८० प्रतिशत भारतबाट र बाँकी २० प्रतिशत चीनबाट आउने गरेको छ । दशैंको समयमा नेपाली स्याउ केही मात्रामा आउने गरे पनि चीन र भारतीय स्याउले नै बजार ओगटेको उहाँ बताउछन। बुटवलको थोक बजारमा वार्षिक रु साढे ती करोडको कारोबार हुने गरेको छ । यहाँको बजारमा तरकारीको कारोबार दैनिक रु डेढ लाखसम्म हुने गरेको न्यु गौतमबुद्ध सब्जी भण्डारका सञ्चालक गौतम अग्रहरी बताए । आव बर्ष २०७१। ०७२ मा बुटवल कृषि उपज थोक बजारमा कुल त्रिसठ्ठी हजार पाँच सय त्रिसठ्ठी मेट्रिक टन फलफूल एवम तरकारीको आयात भएको छ । तीमध्ये सोह्र हजार एक सय मेट्रिक टन नेपालबाट, चौवालिस हजार पाँच सय साठी मेट्रिक टन भारतबाट र दुई हजार नौ सय तीन मेट्रिक टन चीनबाट आयात गर्ने गरिएको छ । वार्षिक रु तीन अरब १७ करोड ८१ लाख ५० हजार कारोबार हुने सो बजारमा दैनिक रु ८८ लाख २८ हजार एक सय चौरानब्बेको कारोबार हुन्छ । त्यस्तै आव ०७२।०७३ मा ६५ हजार चार सय सत्तरी मेट्रिक टन आयातमध्ये नेपालबाट १५ हजार चार सय मेट्रिक टन, भारतबाट ४६ हजार तीन सय मेट्रिक टन र चीनबाट तीन हजार चार सय मेट्रिक टन आयात भएको थियो । वार्षिक रु तीन अर्ब २६ करोड ४२ लाख पचास हजार कारोबार भएको सो बजारमा दैनिक रु ९० लाखको कारोबार भएको देखिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending