Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

वैद्य र विजुक्छेको एउटै प्रश्नः प्रचण्डजी राष्ट्रघाती की राष्ट्रवादी ?

\"baidhya-kiran\" काठमाडौं, २० असोज । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सम्बन्धमा एउटै मत राखेका छन् । देशभक्त जनगणतान्त्रि मोर्चाले बिहीबार संवाद डबलीमा गरेको ‘२५ बुँदे सम्झौता र राष्ट्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेताद्वयले प्रधानमन्त्री प्रचण्ड राष्ट्रघाती कि राष्ट्रवादी भन्ने गम्भीर प्रश्न उठेको बताए । क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले गरेको २५ बुँदे सम्झौताले नेपाललाई सिक्मिकरण र भुटानकरणको दिशामा नेपाललाई लगेको आरोप लगाए । २५ बुँदे सम्झौताले नेपाललाई सधैं भारतकोपछि लाग्ने बनाएको वैद्यको भनाइ छ । प्रचण्डले भारतको आर्शिवाद थाप्न गएर राष्ट्रघाति सम्झौता गरेको उनको आरोप छ । प्रचण्डले मागेजस्तो आर्शिवाद नपाएको उनको भनाइ छ । यस्तै, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीको भारतमा नेपालमाथि गद्दारी गरेको भन्दै २५ बुँदेबारे सत्तासाझेदार नेपाली काँग्रेसलाई समेत जानकारी नगराएको बताए । प्रचण्ड राष्ट्रघाति हुन् वा राष्ट्रवादी भन्ने उनले पटक पटक व्यवहारमा देखाएको बिजुक्छेको आरोप छ । बिजुक्छेले प्रधानमन्त्री प्रचण्डले गरेको राष्ट्रघातको विरुद्धमा सडकमा आउनुको विकल्प नभएको बताए । नेकपा (माले)का अध्यक्ष सिपी मैनालीले २५ बुँदे सहमतिले नेपाललाई भारतको पुच्छर बनाएको बताए । मैनालीले सम्झौताको १० नम्बर बुँदा सबैभन्दा खतरनाक भएको उल्लेख गरे । नेपालको परराष्ट्र नीति तटस्थ र पंचशीलका आधारमा हुने भएपनि २५ बुँदे सम्झौताले भुटानको स्तरमा पुर्याइ दिएको मैनालीले बताए । अध्यक्ष मैनालीले ६०१ जनाले संविधान लेखे भन्दैमा नेपाल भारतीय हस्तक्षेपबाट मुक्त नभएको बताए । यस्तै, विप्लव नेतृत्वको नेकपा (माओवादी)का स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सत्तामा आमूल परिवर्तन नभएसम्म जो ब्याक्ति सरकारमा गएपनि राष्ट्रघातलाई निरन्तरता दिने बताए । ‘नेपालमा भारत निर्भर प्रतिक्रियावादी सत्ता रहेसम्म सरकारमा जो गएपनि राष्ट्रघात भइरहनेछ । यो सत्तामा जो गएपनि राष्ट्रघात गर्नुपर्ने बाध्यता हुन्छ । यो ब्यक्तिको कुरा नभएर सत्ताको कुरा हो’ बास्तोलाले भने । उनले नेपालमा राष्ट्रघातलाई रोक्नलाई सत्तामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता भएको बताए । कार्यक्रममा मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेकपा (मसाल) का प्रबक्ता र जनमोर्चाका संयोजक साध्यबहादुर भण्डारीले २५ बुँदे सम्झौता राष्ट्रघाति भएको भन्दै सडक संघर्ष गर्नुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending