Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

नवाज शरीफले आतंकवादविरुद्ध बोलेपछि कश्मिरमा अर्को हमला

\"nawaz-sharif\"इस्लामाबाद, २० असोज । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आफूहरु आतंकवादको विरुद्धमा नै रहेको बताएपछि भारत प्रशासित कश्मिरमा हमला भएको छ । सरीफले बुधबार संसदमा सम्बोधन गर्दै पाकिस्तानले शान्ति चाहेको र आफूहरु सधैं शान्तिको पक्षमा रहेको स्पष्ट गरेका थिए । पाकिस्तान आफै आतंकबादबाट पीडित रहेकोले उसले आतंकबादलाई प्रोत्साहन गर्न नसक्ने उनको भनाइ थियो । आफूहरुलाई छिमेकीले दुस्मनी साध्न लगाएको झुटो आरोप मात्रै भएको उनले संसदमा स्पष्ट पारेका थिए । उनले सारा विश्वले पाकिस्तान आतंकबादका विरुद्धमा रहेको देखेपनि छिमेकीले देख्न नसकेको भन्दै उनले भारतमाथि आरोप लगाएका थिए । शरीफले संसदमा सम्बोधन गर्दै आफ्ना सेनाहरुलाई आतंकबादका लागि लड्न निर्देशन समेत दिएका थिए । शरीफले पाकिस्तानले भारतलाई समस्या समाधानकालागि पटक पटक वार्तामा बस्नका लागि आग्रह गरेको तर भारतले बैठकमा बस्न आनाकानी गरेकोसमेत सदनलाई स्पष्ट गरेका थिए । शरीफले आफूहरु नै आतंकवादबाट पीडित रहेको बताएकै भोलिपल्ट भारत प्रशासित कश्मिरको हंदवाडामा सेनाको क्याम्पमा विहीबार हमला भएको थियो । उक्त हमलापछि भएको कारबाहीमा तीन चरमपन्थी मारिएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । भारतीय सेनाकाअनुसार चरमपन्थीहरुको साथबाट तीन वटा हतियारसमेत बरामद गरिएको छ । पाकिस्तानले सुन्दरबनी तथा मेन्ढर सेक्टर क्षेत्रमा युद्धविरामको उलंघन गरेको भारतीय सेनाले ट्वीट गरेका छन् । गत सेप्टेम्बर १८ मा भारत प्रशासित कश्मिरको उरीमा सेना प्रमुखको निवासमा भएको आतंकवादी हमलामा १८ सैनिक मारिएका थिए । उरीमा भएको हमलापछि भारत–पाकिस्तान तनाव बढेको छ । दुवै देश एक अर्काविरुद्ध आक्रामक देखिएका छन् । सोमवार विहान बारमुलामा सेनाको एक क्याम्पमा हमला भएको थियो । उक्त हमलामा एक जवानको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending