Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

सरकारको निर्णयले यातायात ब्यवसायीलाई झड्का

\"sindiket-750\" काठमाडौं, १७ असोज । यातायात ब्यवसायीहरुले दशैंका लागि असोज ७ गतेदेखि खुला गरेको अग्रिम बुकिङ टिकट सकिएको भन्दै बन्द गरे पनि सोमवारबाट पुनः बुकिङ खुल्ला गरेका छन् । बुकिङ खुला गरेको एकसाता नपुग्दै टिकट सकिएको भन्दै बुकिङ बन्द गरिएपछि झण्डै दश लाखले घर जाने टिकट पाएनन् । ब्यवसायीहरुले टिकट सकिएकाले सिट क्षमता भन्दा बढी यात्रु राख्न पाउनुपर्ने अडान राख्यो । सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाए एकतर्फी रित्तै गुडेको इन्धन खर्च सरकारले नै ब्यहोर्नुपर्ने अडान ब्यवसायीले राखे । केही समययता सवारी दुर्घटनाहरु बढिरहेको भन्दै ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिन कडाइ गरिरहेको छ । ट्राफिकको कडाइले गर्दा ब्यवसायीले खतरा मोलेर यात्रु ओसार्न नपाएपछि टिकट बुकिङबीचमै बन्द गरेर टिकट सकिएको हल्ला चलाए । ब्यवसायीहरुकै मागलाई मध्यनजर गर्दै यातायात ब्यवस्था विभागले अस्थायी रुट परमिट दिएर जुनसुकै रुटमा गाडी चलाउन दिने निर्णय पनि गरेको थियो । तर त्यसले पनि ब्यवसायीहरुले नमानेर नियमविपरित यात्रु ओसार्न पाउनुपर्ने अडानपछि सरकारले अर्कै विकल्प लिएर खडा भयो । विकल्प स्वरुप काठमाडौंमा सञ्चालित सरकारी गाडीहरु तथा प्याब्सन, एनप्याब्सनको सहकार्यमा स्कुल बस पनि पनि यात्रु ओसार्ने निर्णयमा पुगेपछि ब्यवसायीहरु अत्तालिए । सरकारले ब्यवसायीको ‘बार्गेनिङ’लाई लत्याउँदै आफै थप गाडी चलाउने निर्णय गरेपछि ब्यवसायीहरुलाई झड्का लाग्यो । ग्यारेजमा राखिएका मात्र होइन, भएका गाडीसमेत थन्क्याउने काम गरेको भन्दै सरकारले ब्यवसायीको दादागिरी तोड्न आफै गाडी चलाउने निश्कर्षमा पुगेको विभागका एक अधिकारी बताउँछन् । सरकारी गाडी नै यात्रु ओसार्न प्रयोग हुने भएपछि ब्यवसायीहरुले हतार हतार बुकिङ खुल्ला गरेका हुन् । यसले ब्यवसायीहरुले आधा टिकट नसकिँदै सकियो भनेर बेइमानी गरेको खुलासा भएको छ । अस्थायी रुट परमिटमा साझा यातायातले पहिलो पटक राजधानी बाहिर यात्रु ओसार्न शुरु गरिसकेको छ । आइतबारदेखि साझाले गोरखा, बाग्लुङ लगायतका रुटमा बस सञ्चालन नै गरेको छ । अन्य बसहरु सञ्चालन गर्न छलफलहरु भइरहेको यातायात ब्यवस्था विभागले जनाएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैंमा घर जाने यात्रुहरुका लागि एक सय वटा सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending