Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सरकारको निर्णयले यातायात ब्यवसायीलाई झड्का

\"sindiket-750\" काठमाडौं, १७ असोज । यातायात ब्यवसायीहरुले दशैंका लागि असोज ७ गतेदेखि खुला गरेको अग्रिम बुकिङ टिकट सकिएको भन्दै बन्द गरे पनि सोमवारबाट पुनः बुकिङ खुल्ला गरेका छन् । बुकिङ खुला गरेको एकसाता नपुग्दै टिकट सकिएको भन्दै बुकिङ बन्द गरिएपछि झण्डै दश लाखले घर जाने टिकट पाएनन् । ब्यवसायीहरुले टिकट सकिएकाले सिट क्षमता भन्दा बढी यात्रु राख्न पाउनुपर्ने अडान राख्यो । सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाए एकतर्फी रित्तै गुडेको इन्धन खर्च सरकारले नै ब्यहोर्नुपर्ने अडान ब्यवसायीले राखे । केही समययता सवारी दुर्घटनाहरु बढिरहेको भन्दै ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिन कडाइ गरिरहेको छ । ट्राफिकको कडाइले गर्दा ब्यवसायीले खतरा मोलेर यात्रु ओसार्न नपाएपछि टिकट बुकिङबीचमै बन्द गरेर टिकट सकिएको हल्ला चलाए । ब्यवसायीहरुकै मागलाई मध्यनजर गर्दै यातायात ब्यवस्था विभागले अस्थायी रुट परमिट दिएर जुनसुकै रुटमा गाडी चलाउन दिने निर्णय पनि गरेको थियो । तर त्यसले पनि ब्यवसायीहरुले नमानेर नियमविपरित यात्रु ओसार्न पाउनुपर्ने अडानपछि सरकारले अर्कै विकल्प लिएर खडा भयो । विकल्प स्वरुप काठमाडौंमा सञ्चालित सरकारी गाडीहरु तथा प्याब्सन, एनप्याब्सनको सहकार्यमा स्कुल बस पनि पनि यात्रु ओसार्ने निर्णयमा पुगेपछि ब्यवसायीहरु अत्तालिए । सरकारले ब्यवसायीको ‘बार्गेनिङ’लाई लत्याउँदै आफै थप गाडी चलाउने निर्णय गरेपछि ब्यवसायीहरुलाई झड्का लाग्यो । ग्यारेजमा राखिएका मात्र होइन, भएका गाडीसमेत थन्क्याउने काम गरेको भन्दै सरकारले ब्यवसायीको दादागिरी तोड्न आफै गाडी चलाउने निश्कर्षमा पुगेको विभागका एक अधिकारी बताउँछन् । सरकारी गाडी नै यात्रु ओसार्न प्रयोग हुने भएपछि ब्यवसायीहरुले हतार हतार बुकिङ खुल्ला गरेका हुन् । यसले ब्यवसायीहरुले आधा टिकट नसकिँदै सकियो भनेर बेइमानी गरेको खुलासा भएको छ । अस्थायी रुट परमिटमा साझा यातायातले पहिलो पटक राजधानी बाहिर यात्रु ओसार्न शुरु गरिसकेको छ । आइतबारदेखि साझाले गोरखा, बाग्लुङ लगायतका रुटमा बस सञ्चालन नै गरेको छ । अन्य बसहरु सञ्चालन गर्न छलफलहरु भइरहेको यातायात ब्यवस्था विभागले जनाएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैंमा घर जाने यात्रुहरुका लागि एक सय वटा सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending