Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नारायणगढ–मुग्लिन सडकखण्ड सहज

\"chitwan\"चितवन, १७ असोज । यस वर्षको वर्षात्को समयमा निकै दुःख दिएको नारायणगढ–मुग्लिन सडकखण्डमा दसैँको यात्रा भने सहज हुने भएको छ । देशको मुख्य जीवनरेखाका रुपमा परिचित यो सडकखण्ड विस्तार कार्य थालेसँगै डेढवर्षयता यात्रुले हैरानी व्यहोर्दै आएका छन् । मुख्यरुपमा राजधानीबाट बाहिरिने लाखौँ सर्वसाधारणलाई लक्षित गर्दै दसैँको यात्रा सहज बनाउन दुई हप्तायता सरकारी र निजी क्षेत्र संयुक्त रुपमा जुटेका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सडकमा भएका खाल्टाखुल्टी पुरिएका छन् भने खाल्टो परेका कालोपत्रे सडकमा पनि गिट्टी भरेर कालोपत्रे गरिँदैछ । आँपटारीचोक, जुगेडी, गाईघाट र मुग्लिन नजिक सो कार्य भइरहेको उहाँले बताउनुभयो । धुलो कम गर्न तीनवटा ट्याङ्करले पानी छर्किने कार्य गरिरहेको छ । यातायात आवागमन नरोकिने गरी मात्रै काम गरिएको छ । सो सडकको दासढुङ्गा मोडको पहाड काट्नका लागि छोडिएको ढिस्को पनि सफा गरेर दुईतर्फी सवारी सञ्चालन हुने गरी काम गरिएको छ । पहिरो खसेमा तत्काल पन्छाउनका लागि तीन लोडर, तीन ग्रेडर, तीन ट्रिपर, तीनवटा पानीट्याङ्क र १८ जना जनशक्ति तयारी अवस्थामा राखिएको खनालले बताए । सडकमा गाडी बिग्रिएमा तत्काल किनारा लगाउने काम गरिने उनले बताए । सो सडकको अत्यधिक पहिरो खस्ने ११ ठाउँमध्ये १० वटा ठाउँमा ४० दिनयता पहिरो नखसेको खनालले बताए । सडकका ४८ ठाउँमा पहिरो खस्न सक्ने जोखिम भए पनि ११ ठाउँमा भने अत्यधिक पहिरो खस्ने गरेको थियो । मुग्लिनबाट चार किमी नारायणगढतर्फ चोर खोलाबाहेकका ठाउँमा पहिरो खस्न रोकिएको उनले बताए । पहिरोका कारण यसवर्षको वर्षात्मा सो सडकखण्ड १४ घन्टासम्म अवरुद्ध भएपछि यात्रु तर्सिएका थिए । इञ्जिनियर खनालका अनुसार सो सडकखण्डमा हिजो र अस्ति दुई दिन लगाएर २५ वटा विभिन्न गाडीको यात्रा दूरी सर्वेक्षण गरिएको थियो । सो क्रममा पाँच बस, पाँच माइक्रोबस, नौ ट्रक र छवटा साना सवारीको सर्वे गरिएकामा औसत समय एक घन्टा ४० मिनेट लागेको थियो । साना सवारीले एक घन्टा हाराहारीमा सडकखण्ड पार गरेका थिए भने मालबाहक ट्रक र बसले दुई घन्टा हराहारीको समय लगाएको उहाँले बताउनुभयो । ती सवारीलाई बिहान, दिउँसो र बेलुकाको समय मिलाएर औसत समय मापन गरिएको उनले बताए । सवारी साधनको सहज आवागमन गर्न स्थानीय प्रशासनले पनि सहकार्य गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले सडकमा प्रहरी निरीक्षकको नेतृत्वमा २४सै घन्टा सुरक्षाकर्मी परिचालन गरिएको बताए । जुगेडी र अस्थायी प्रहरी पोस्ट सिमलताललाई अधिक परिचालन गरिने उनले बताए । रात्रिकालीन समयमा हतियारसहित प्रहरी सवारी साधनमा राखी भरतपुर–मुग्लिन र मुग्लिन–भरतपुरसम्म स्कर्टिङ गराउने व्यवस्थासमेत गरिएको उनले बताए । दुर्घटना नहोस् भन्नका लागि सो सडकका ३२ ठाउँमा प्यारापिट बनाउन थालिएकामा ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । पुलको रेलिङ र फलामको पाता राख्ने काम भने दसैँपछि गरिनेछ । ट्राफिक सङ्केत राख्ने काम भइरहेको आयोजनाले जनाएको छ । सो सडक हुँदै औसतमा दैनिक नौ हजार सवारी साधन आवागमन गर्ने गर्दछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending