Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

भारतीय दाबीः सर्जिकल स्ट्राइकमा ५० बढी मारिए

\"indian-army\" काठमाडौं, १४ असोज । भारतले पाकिस्तानविरुद्ध थालेको सर्जिकल स्ट्राइकमा ५० भन्दा बढी आतंककारी मारिएको भारतले दाबी गरेको छ । बुधबार र विहीबार सीमापारी पाकिस्तानी क्षेत्रमै प्रवेश गरी भारतीय सेनाले सर्जिकल अपरेशन गरेको भारतको दाबी छ । अपरेशनमा ५० भन्दा बढी आतंककारी मारिएको पनि भारतीय सेनाले दाबी गरेको एजेन्सीहरुले जनाएका छन् । भारतले गरेको अपरेशनमा पाकिस्तानी सेनामा पनि ठूलो क्षति पुगेको दाबी गरिएको छ । हमलापछि पाकिस्तानमा सरगर्मी बढेको बताइएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले मन्त्रिपरिषद्को आपतकालिन बैठक बोलाएका छन् । उनले मन्त्रिपरिषद्का साथै सुरक्षा समितिको बैठक बोलाएका छन् । सरिफले आफूहरु आफ्नो सुरक्षा गर्न सक्षम रहेका पनि बताएका छन् । स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले भारतले गरेको सर्जिकल स्ट्राइकमा सेनाको ६ बिहार तथा १० डोगरा निवासको कमाण्डो फोर्सले समेत मद्दत गरेको थियो । यी दुबै बटालियनलाई उरी हमलामा निशाना बनाइएको थियो । बैठकमा कश्मिर क्षेत्रमा भइरहेको विवादबारे छलफल गरी आफ्नो सुरक्षा नीति बनाउने प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भारतले दाबी गरिरहेको सर्जिकल स्ट्राइक झुटो भएको जनाइएको छ । भारतले पाकिस्तानमाथि आक्रमाण गरेको भए आफूहरु चुप लागेर नबस्ने आफूहरुले पनि कडा जवाफ दिने विज्ञप्तिमा जानाइएको छ । भारतीय मिडियाहरु भने सर्जिकल स्ट्राइकपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । पाकिस्तानको कुनै पनि आक्रमणको जवाफ दिन भारतको तीनै सेना तयारी अवस्थामा राखिएको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् । खुफिया रिपोर्टअनुसार एलओसी तथा पाकिस्तानी सेन्य टुकडीकोबीच भिडन्त भएको पनि खबर छ । त्यसैलाई मध्यनजर गर्दै जवाफी कारबाहीका लागि तयारी अवस्थामा रहेको जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending